आज :

विशाल पण्डितको सेटिङविरुद्ध लेखा समितिमा पनि पुग्यो उजुरी

  • अनलाइन डबली

काठमाडौँ । विवादित मेडिकल सप्लायर विशाल पण्डितले आफूविरुद्धका सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । मधेस प्रदेशको आपूर्ती व्यवस्थापन केन्द्रको टेण्डरमा पण्डितले सेटिङमा स्पेकलक गरेको भन्दै प्रदेशसभा सार्वजनिक लेखा समितिमा छानविनको लागि उजुरी परेको हो ।

केन्द्रले १२८ स्लाइस सिटी स्क्यान खरिद गर्न टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डर खरिद ऐन विपरित एउटै मात्र कम्पनीसँग मिल्नेगरी मापदण्ड बनाएको भन्दै सप्लायर नारायण कार्कीले मधेस प्रदेशसभा सार्वजनिक लेखा समितिमा उजुरी गरेका हुन् ।

फागुन १० गते आह्वान गरेको 22 feb.2024 IFB NO: MP/PHMC/NCB/GOODS-13/2080-81 टेण्डरमा स्पेकलक गरेको अनलाइन डबलीले पहिलोपटक खुलासा गरेको थियो ।

सूचना प्रकाशित हुनपूर्वनै पण्डितले कर्मचारीसँगको मिलेमतोमा आफू एजेन्ट रहेको फिलिप्स कम्पनीको फिचरसँग मिल्नेगरी मापदण्ड बनाउन लगाएको आरोप लागेको छ । त्यसका लागि पूर्वतयारी नै गरेर पण्डितले कर्मचारीलाई सरुवा समेत गराएका थिए ।

सर्लाही र सिरहामा ‘रुमसहितको सिटी स्क्यान’ जडानको लागि टेण्डर आह्वान गरेको थियो । प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्र सिंहको साथ र सहयोग पाएका विवादित पण्डितले केन्द्रका तत्कालिन निमित्त निर्देशक नागेन्द्र यादव र बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादवलाई सरुवा गराएका थिए । उनीहरुले पण्डित एजेन्ट रहेको कम्पनीसँग मात्रै मिल्नेगरी मापदण्ड बनाउन मानेका थिएनन् ।

दुईवटा मेसिन र रुम सेटअपसहित बढीमा १० करोडसम्म पर्ने देखिएपनि स्पेकलक गरेर दोब्बर लागत मूल्य राखेपछि सप्लायर नारायण कार्कीले यो विषय मिनि संसदको रुपमा रहेको सार्वजनिक लेखा समितिसम्म पुर्याएका हुन् ।

कार्कीले उक्त प्रकरणको छानविनको लागि मुख्यमन्त्री कार्यालय पनि उजुरी दिइसकेका छन् । उजुरीमा खरिद ऐन विपरित स्पेकलक गर्न संलग्न कर्मचारीमाथि कारवाहीको माग समेत गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal