आज :

अदानचुलीमा भ्रष्टाचारः ४२ लाख बिगो तथा कैदको मागदाबी गर्दै अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

  • अनलाइन डबली

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालिन् उप–प्रमुख सौमति रावल ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर४२ लाख २९ हजार ३ सय ५९ जरिवाना र कैद गरी विगो असुल उपरको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिहिबार अख्तियारले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सaम्बन्धी आरोप–पत्र दायर गरेको स्रोतले जनाएको छ ।

हुम्लाको आदनचुली गाउँपालिका वडा नं. ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको भन्ने उजुरीमाथि लामो समयदेखि अनुसन्धान हुँदा पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव–इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीसमेतले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा सो भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको हो ।

उनिहरुको मिलेमतोमा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी रु.४२,२९,३५८।८९ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पु¥याएको पुष्टि भएको बताएको छ ।
उनिहरुले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरु उपर बिगो रु.४२,२९,३५८।८९ (बयालीस लाख उनन्तीस हजार तीन सय अन्ठाउन्न रुपैयाँ र उनान्नब्बे पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद गरी विगो असुल उपर हुन मागदाबीसहित मुद्दा दायर गरेका उल्लेख छ ।
गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दत्त विष्टले आ.व. २०७४÷०७५ को ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको फिल्डमा वास्तविक काम भएको भन्दा बढी रु.४२,२९,३५८।८९ (बयालीस लाख उनन्तीस हजार तीन सय अन्ठाउन्न रुपैयाँ र उनान्नब्बे पैसा) बरावरको काम भएको भनी सिफारिस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज उपर ऐ.ऐ. दफा ८ को उपदफा (३) मा उल्लेख भएबमोजिम जरिवाना र कैदको सजाय हुन मागदाबी गरेको बताईको हो ।

त्यसै गरी अदानचुली गाउँपालिकाका उप–प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविक भएको भन्दा बढी काम सम्पन्न भएको भनी गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुउपर उक्त कसुरमा ऐ.ऐ. दफा १९ को उपदफा (२) बमोजिम जरिवाना र कैदको सजाय हुन मागदाबी लिइएको जनाईको छ ।

साथै, ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराई भुक्तानी माग गरी रु.४२,२९,३५८।८९ (बयालीस लाख उनन्तीस हजार तीन सय अन्ठाउन्न रुपैयाँ र उनान्नब्बे पैसा) सरकारी रकम हानिनोक्सानी पु¥याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय गरी बिगो रकम जफत हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal