
काठमाडौँ । पश्चिमी बायुका कारण शनिबारसम्मको मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी नेपालका उच्च पहाडी र हिमाली केही भूभागका हल्लका बर्षा र हिमपातको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
महाशाखाका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
भोलि शुक्रबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा छुटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक दुई स्थानमा छिट फुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।