काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको बताएका छन् ।
सरकारले चालु संसद अधिवेशनबाटै टिआरसी विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेको बेला ओलीले आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले सो कुरा बताएका हुन् ।
‘मिसन–८४’ आफूहरुको प्रमुख लक्ष्य भएको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको बताए ।
ओलीले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको बताउँदै नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताए।
भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्ने ओलीले बताए ।


अनलाइन डबली





