आज :

स्वास्थ्यमन्त्री भन्छन्-भीआइपी र भीभीआइपी विदेश जाने प्रवृत्ति रोकेँ, अब सबै बिकृती रोकिन्छ

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृती सफागरी अराजकताको अन्त्य गर्न दुई वर्ष लाग्ने बताएका छन् ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आफ्नो मन्त्रालयमा रहेका विकृती र विसंगती सफा गर्न लागिरहेको उल्लेख गर्दै अझै दुई वर्ष समय लाग्ने बताए । उनले आफूलाई मन्त्रालयभित्रका कर्मचारीदेखि अस्पताल प्रशासनसम्मका निकायमा हुने गरेका सबै विकृतका बारेमा एक–एक जानकारी रहेको भन्दै थपे, ‘ठूला–ठूला अस्पतालहरुमा एक कार्यालय सहयोगी र अहेवले अस्पताल चलाइरहेको पाइन्छ । भिसीले काम गर्न सकेका छैनन् । डाक्टरहरु मिलेमत्तोमा छन् । यि सबै मैंले हेरिरहेको छु ।’

बरिष्ठ वा विशेषज्ञ डाक्टरभन्दा अहेवहरु मंहगा गाडी चढेर हिँडिरहेको भन्दै आक्रोश पोखेका बस्नेतले आफूलाई सबै थाहा भएर पनि किन कारबाही गर्नु भनेर चुप बसेको बताए ।

‘मलाई एक एक थाहा छ । किन सबैलाई झ्याप हान्ने भनेर मात्रै हो । जहाँपनि विजोग मात्रै छ । अरु त अरु सरकारी अस्पतालकै फार्मेसीमा २० प्रतिशत औषधी बिरामीलाई दिइएको छैन् । ८० प्रतिशत भन्दा बढी औषधी बाहिर छ । स्टोरमा औषधी छ तर बिरामीले पाउँदैन’ मन्त्री बस्नेतले भने ।

सरकारी अस्पतालमा स्वास्थ्यकर्मीदेखि डाक्टर नर्सको अभाव, मन्त्रालयका कर्मचारीको कार्यव्यवहार र फार्मेसीहरुको अराजगतादेखि राजनीतिक हस्तक्षेपको फेहरिस्त सुनाएका उनले अझै मन्त्रालयमा अराजकता अन्त्य गर्न दुई वर्ष लाग्ने बताए ।

‘स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म राफसाफ भएको छ’ मन्त्री बस्नेतले भने । उनले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो गरे ।

कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतीहरुबारे आफू एकएक विषयमा जानकार रहेको र विस्तारै त्यसलाई सुधार गर्दै जाने बस्नेतको भनाई छ । उनले चिकित्सकहरुलाई विकट क्षेत्रमा सेवामा खटाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको जिकिर गर्दै कर्मचारीहरुले भनेका मानिसहरुलाई काजमा पठाएमात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्न गरे ।

मन्त्री बस्नेतले भने, ‘म सँग काम गर्ने हुत्ति जति चाहिए पनि छ । कसैको प्रभावमा मलाई पर्नु परेको छैन् । हुत्ति नभएको भए आठसय कर्मचारीको काज फिर्ता गर्न सकिँदैन थियो । हुत्ति भएकाले पहिल्यै गर्न सकिन्थ्यो ।’

स्वास्थ्य क्षेत्रमा देखिएका गतल कार्यको विरुद्धमा आफू निरन्तर लागिरहेको बताएका उनले आफ्नै पालामा भिआईपी र भीभीआइपीले विदेश गएर उपचार गर्ने प्रवृतिको अन्त्य गरेको दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal