आज :

राजेन्द्र महतोले छाडे लोसपा, सुरु गरे नयाँ अभियान

  • अनलाइन डबली

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

सोमबार राष्ट्रिय सभा गृह काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको थालनी गरेका हुन् ।

आजको अवस्थामा लोकतन्त्र, गणतन्त्र, विकास र समाजवादको बहस जनता झुक्याउने र ठग्ने प्रपञ्च सावित भएको भन्दै नेता महतोले वर्तमानको ठूलो अनिश्चितता र भ्रमलाई चिर्न सक्ने वैकल्पिक अभियानको थालनी गरेका दाबी गरे ।

उनले भने, ‘अधिकार पहचिानको मान्यता राख्ने सबै एकजुट हुनुपर्दछ । सबै संघर्षमा आउनुपर्दछ र जुट्नुपर्छ भनेर हामीले आह्वान गरेका छौं । यो अभियानमा लोसपा र लोसपाका नेताहरु पनि सहमत भएर आउनुपर्दछ । ’

विचार र एजेण्डा मिलेको अवस्थामा लोसपा पनि पार्टीमा जोडिन सक्ने महतोले उल्लेख गरे ।

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै एकताबद्ध भएर राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नरहेको भन्दै महतोले यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने दाबी गरे ।

उनले अघि भने, ‘यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउनेछ र नेपाल सबै नेपालीका लागि निर्माण गर्नेछ । अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन । तसर्थ विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ ।’

लोसपा अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्टी जनाउँदै महतोले गत मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal