आज :

समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता : सिटौला

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले, लोकतन्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता सिटौलाले, राज्यका सम्पुर्ण मेकानिजमहरुलाई जनताको हितमा संविधान बमोजिम प्रयोग गरेर समुन्नत राज्य निर्माण गर्न सकिने बताएका हुन् ।

उनले भने, ‘संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणालीमा संघीयता अन्तर्गत सरकार छ । लोकतान्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता हो । हामीले राज्यका सम्पुर्ण मेकानिजमहरुलाई जनताको हितमा संविधान बमोजिम प्रयोग गरेर समुन्नत राज्य निर्माण गर्न सकिन्छ । हामीले राष्ट्रिय सभामा होस् या प्रतिनिधि सभामा अथवा पार्टीले आफ्ना संगठनबाट निर्माण गर्ने पद किन नहोस् । यो सब हामी जनताप्रति समर्पित हुनुपर्दछ ।’

समुन्नत मुलुक निर्माण गर्ने पाटोमा अन्य पार्टीभन्दा नेपाली कांग्रेसको दायित्व भएको सिटौलाको भनाइ छ ।

सबै क्षेत्रका नेता तथा कार्यतकर्ता मिलेर व्यवस्थाको सुदृढ गरि सुदृढ व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा गर्ने जिम्मा नेपाली कांग्रेसको रहेको उल्लेख गरे ।

उनले भने, ‘ शान्ती र लोकतन्त्रका स्थापना गर्दै यसलाई कायम गर्दै लग्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो जस्तो मलाई लाग्छ । अन्य पार्टीलाई मार्गदर्शन गर्ने काम पनि नेपाली कांग्रेसकै हो । त्यसैले हामी सबैले एकता भएर, मिलेर व्यवस्थाको सुदृढ गरि सुदृढ व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा गर्नुछ ।’

नेताहरुले आफ्नो स्वार्थका लागि नभइ जनताको स्वार्थका लागि लाग्नुपर्नेमा नेता सिटौलाको जोड थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal