आज :

ट्रक दुर्घटनामा जुम्ल्याहा दाजुबहिनीसहित तीन जनाको मृत्यु

  • अनलाइन डबली

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइते भएका तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भारतीय नम्बर प्लेट  नम्बर आर.जे. २९ जी.बी. १५६१  को मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय चार वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए । उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन् ।

त्यस्तै, किचिएर मृत्यु हुनेमा अर्की स्थानीय सात वर्षीया रिमा खवास रहेकी छिन् । ५८ वर्षीया ज्याती अधिकारी घाइते भएकी छिन् । ट्रकले किच्दा उनको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

ट्रक कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal