आज :

जनयुद्ध दिवसले राष्ट्रिय दिवसकै रुप पाउँछ: प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएकोमा अदालतले रोकेपनि आफूहरुले जनयुद्ध दिवस मनाएको दावी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा उनले जनयुद्ध दिवस मनाउने सरकारको तर्फबाट एकपटक निर्णय भइसकेको जानकारी दिए । उनले संक्रमणकालिन न्याय सम्बन्धी विषय टुङ्गिसकेपछि फेरी राष्ट्रिय दिवसका रुपमा निरन्तर मनाइने विश्वास व्यक्त गरे ।

‘राज्यले शहीदहरूलाई राष्ट्रिय सम्मान दिंदै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिने निर्णय गतसाल मैंले नै गरेको थिएँ । सरकारको क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएको छ । तर अहिले अदालतले शान्ति प्रक्रिया पूरै नटुंगिएको हुनाले केही समस्या आएको हो’, उनले भने, ‘तर हामीले जनयुद्ध दिवस मनायौं । भविष्यमा संक्रमणकालिन न्याय सम्बन्धी विषय टुंगो लागेपछि फेरी राष्ट्रिय दिवसका रुपमा सार्वजनिक बिदा हुन्छ नै ।’

प्रधानमन्त्रीले पार्टीको विशेष रुपान्तरण अभियानले जनतासँग कमजोर भएको सम्बन्धलाई पुनःजीवित गर्न सफल भएको जिकिर गरे । उनले अभियानमा जाँदै नजाने वा नखट्ने कार्यकर्ता पार्टीमा रहन नसक्ने भन्दै त्यस्ता व्यक्तिलाई पार्टीले कारवाही गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal