आज :

माओवादीले प्रदेशको रेपोर्टिङपछि अभियानमा खट्नेलाई सम्मान र नखट्नेलाई कारवाही गर्ने

  • अनलाइन डबली

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत उत्कृष्ट काम गर्ने प्रत्येक प्रदेशका तीन जनालाई सम्मान गर्ने भएको छ ।

पार्टीको बिहीबार भएको स्थायी कमिटी बैठकले अभियानबारे सातै प्रदेशको रिपोर्टिङपछि नेताहरुलाई कामका आधारमा सम्मान र कारबाही गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

‘पहिलो पटक हाम्रो पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ । अभियानमा सबैभन्दा राम्ररी खट्ने, राम्रै खट्ने, खट्ने तर काम नगर्ने, नखट्ने गरी चार क्याटेगरीमा छुट्याएका छौं । उत्कृष्ट काम गर्नेलाई सम्मान तथा काम नगर्ने नेतालाई कारबाही गर्ने निर्णय भएको छ । कारबाहीको प्रक्रिया चेतावनी, निलम्बनलगायत हुनेछन्,’ उनले भने ।

अभियानले पार्टीलाई चलायमान बनाएको निष्कर्ष निकाल्दै अब तीनवटा अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । कारबाहीको प्रक्रिया भने केन्द्र र प्रदेशले गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal