आज :

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

  • अनलाइन डबली

गोदावरी । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल सुरू हुँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका छन् ।

बुधबार ती प्रस्तावहरूमाथि छलफल सुरु हुन लागेको हो । बैठकमा उपसभापति पूणर्बहादुर खड्काले पार्टीको भावी नीति र रणनीति, महामन्त्री गगनकुमार थापाले संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका छन् भने अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पार्टीको लेखा प्रतिवेदन छलफलका लागि पेश गरेका छन् ।

पाँच वटै प्रस्तावहरूमाथि बुधबारदेखि समूहगत छलफल प्रारम्भ हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार प्रस्तुत प्रस्तावहरूमाथि बुधबारदेखि चार वटा हलहरूमा छलफल हुनेछ ।

गोदावरी हलमा कोशी र सुदूरपश्चिम, कोञ्ज्यासोम हलमा लुम्बिनी प्रदेश र भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फुलचोकी हलमा बागमती र गण्डकी प्रदेश, बिशंखुनारायण हलमा मधेश र कणर्ाली प्रदेशको समूहगत छलफल हुनेछ । समूहगत छलफलबाट प्राप्त सुझावहरूमाथि छलफल गर्दै महासमिति बैठक बिहीबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal