
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि काम गर्ने अब कुनै दल छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।
मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले गठबन्धनको यही कारण विभिन्न शक्तिहरु सल्बलाएको उल्लेख बताए ।
ओलीले गठबन्धन सरकारको एकमात्र एजेण्डा एमालेको विरोध र चरित्रहत्या गर्नु भएको बताए ।
“अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको विरोध हो, एमालेलाई अगाडि बढ्न नदिनु हो, एमालेलाई बदनाम गर्नु हो । एमालेको चरित्रहत्या गर्नु हो” ओलीले भने ।
वर्तमान सरकारको विकास र सुशासनको एजेण्डा नभएको ओलीको भनाइ छ ।