काठमाडौँ । सिपालय इन्फो टेकले सफ्टवयर डेभलपमेन्ट, इन्टर्नसिप ग्यारेण्टी आईटी कोर्स ट्रेनिङ, वेबसाइट डिजाइनलगायतका कामहरु गरिरहेको छ ।
कम्पनीका संचालक ईन्जिनियर हिमाल रावलले विगत दुई बर्षदेखि कम्पनीले आईटी कोर्स ट्रेनिङ, वेबसाइट डेभलपमेन्ट, ग्राफिक डिजाइन, एप डेभलपमेन्ट र डेटासम्बन्धी काम गर्दै आएको बताएका छन् ।
कम्पनीले हरेक आईटी कोर्षमा ६० प्रतिशत छुटमा भरपर्दो र सुलभ रुपमा ट्रेनिङ दिइरुहेको बताए । ट्रेनिङमा उत्कृष्ट विद्यार्थीलाई आफ्नै र सहकार्य गरिरहेका कम्पनीमा रोजगार प्रदान गर्ने गरेको रावल बताउँछन् । कम्पनीले विगत दुई बर्षदेखि दुई हजारभन्दा धेरै विद्यार्थीलाई अनलाइन, अफलाइन र विभिन्न कलेज तथा स्कूलमा ट्रेनिङ तथा वर्कसपका काम गरिरहेको छ ।
कम्पनीले इन्टरनेट सेवा प्रदायकको सिस्टम, स्कूल मेनेजमेन्ट सिस्टम, होटल बुकिङ सिस्टम, ई–लर्नीङ प्लेटफर्ममा काम गर्दै र गराउँदै आइरहेको छ ।
कम्पनीले पाइथन, डेटा साइन्स, नोर्ड जेएस, डटनेट, जाभा, जाभा स्क्रिटको प्रोग्रामिङ तालिम दिइरहेको छ भने वर्डप्रेसमा वेबसाइट डिजाइन र तालिम संचाल गर्दै आइरहेको छ र डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनसम्बन्धी तामिल पनि संचालन भइरहेको इन्जिनियर रावलले बताए ।
फुलटाइम र पार्टटाइम गरी २० जना दक्ष आईटी इन्जिनियर र डेभलपर्सले तालिम र डेलभपमेन्टका कार्य गर्दै आइरहेका छन् ।
यो लिंकमा गएर इन्छुक व्यक्तिहरुले थप जानकारी लिन सक्नुहुनेछ: