आज :

आज प्रजातन्त्र दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै, देशभर सार्वजनिक बिदा 

  • अनलाइन डबली

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले यो वर्ष विशेष कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको थियो ।

दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ ।

सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ ।

वि.सं. २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको थियो ।

गणतन्त्र स्थापनापछि प्रजातन्त्र दिवस ओझेलमा पर्दै गएको गुनासोबीच सरकारले यही वर्षबाट प्रजातन्त्र दिवसलाई थप महत्वका साथ मनाउने निर्णय गरेको हो ।

संघमा प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ भने प्रदेशमा मुख्यमन्त्री, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहमा सम्बन्धित स्थानीय तहका प्रमुखहरूको संयोजकत्वमा दिवस विशेष कार्यक्रम आयोजक समिति गठन गरी दिवस मनाइदैछ ।

सरकारले घरघरमा दीपावली बाल्न र राष्ट्रिय झन्डा झुकाउन समेत आह्वान गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal