 
	
काठमाडौं । सहकारीमार्फत ऋण लगेर सर्वसाधारणको करोडौँ रकम ठगी गर्ने काठमाडौं असनका नामुद ठग छत्रबहादुर श्रेष्ठले ऋृण नतिरेर आतंक नै मच्चाएका छन्।
प्रत्येक बिहान उठ्नेबित्तिकै ठगी कसरी गर्ने आज कसलाइ ठग्ने भन्ने पलान तयार बनाउने गरेको उनकै नजिकका एक जना साथीले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन्।
उनै नामुद ठग श्रेष्ठले विभिन्न सहकारीबाट कराैडाैं-कराेड ऋृण लगेर नतिरने गरेको असनका एक सहकारीका संञ्चालकले बताए। उनले भने यस्तै नामुद ठगहरूले गर्दा पीडित बचत कर्ताहरूले थप पीडा झेल्नु परेको छ। नामुद ठग श्रेष्ठ जस्ता ऋृणीले गर्दा सहकारीमा थप समस्या आएको उनले गुनासो समेत गरे।
उनले भने मेरै सहकारीबाट ऋृण लगेको छ,अहिले न फोन लाग्छ न सम्पर्कमा आउछ मेरो आँखा छलेर हिडेको छ,घरमा पनि राति आउने राति नै जाने गरेकाे सुनेकाे छु,अब राति भएपनि प्रहरी लगेर छापा हान्ने विचार गर्दै छु।
अब यस्ता नामुद ठगलाइ के-कसरी तह लगाउनु पर्छ त्यो सबै पलान तयार बनाउदैछु अब कति दिन भागेर हिन्छ म हेर्दैछु,मैले त्यसलाइ समात्ने बितिकै तिन पुस्ता पहिलेको सम्झना आउने गरि नाकको डाडी भाचिने गरि कारबाही गर्ने विचार गरेकाे छु उनले भने।
गरिबको मकै पोलेर जम्मा गरेको पैसा ऋृण लगेर भाग्ने नामुद ठगलाइ भेट्ने वित्तिकै अस्पताल पुर्याउने गरि कारबाही गर्छु बरू अस्पतालको खर्च पनि मै दिन्छु, तर अब यस्ता ठगहरूलाइ तह लगाएरै छोड्ने उनले बताए।
त्यस्तै काठमाडौंको इन्दचोक,बागबजार,असन ,न्यूरोड महावाैद्ध, पुतलीसडक,अनामनगर अनि बालुवाटारस्थित सूर्यचौरमा समेत सञ्चालित करिब २० वटा सहकारीबाट २० कारोड भन्दामाथि ठगी गरेको पाइएको छ। असनका श्रेष्ठले यति मात्र हाेइन मै हुँ भन्ने बागमति प्रदेशका एक मन्त्रीलाइ समेत घुमाएको स्राेतको दाबी छ।
विगतमा विभिन्न मन्त्रीका सल्लाहकार समेत रहेका आफ्नो छोरा जस्तै बताउने लामा थरका एक व्यक्तिलाइ ठग श्रष्ठले थाङ्नामा सुताउन समेत सफल भएकाे श्रेष्ठ निकट असन केल टोलका राज श्रष्ठले बताएका छन्।
श्रेष्ठ भन्छन् यति मात्र होइन असन केल टोलका छत्र बहादुले काठमाडौंका धेरै सहकारी एवम् वयक्तिलाइ समेत ठगेका छन्। ठगका राजा मानिने श्रष्ठले कहिले आफु पत्रकार बताउ छन् त भन्रे कहिले वकिल तर उनि ठग बाहेक केही पनि नभएकाे उनि निकटका एक जनाले बताए। उनले भने ठगेकाे रूपैयाँले मंस मदिरा तथा सुन्दरीमा झुमिरहने गर्छन्।
यति मात्र होइन अपराधिक कु कर्ममा लागेका,यौन पिपासु,भूमाफिया,सहकारी ठगी धन्दा नाइके,चतुर खेलाडी एवम् बैंक समेत ठग्न भ्याएका श्रेष्लाइ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो, (सिआइवी) ले समेत अनुसन्धानको घेरामा राखेको बताइन्छ।
यसैगरी असन क्षेत्रमै ठगी धन्दा चलाउने श्रेष्ठलाइ सामजिक बहिष्कार समेत गरेकाे इन्द्रचोकका स्थायी निवासी उनकै पूरोहित राजु राजाेपाध्यायले बताउने गरेका थिए।
रत्नराज्य लक्ष्मीका क्याम्पसका प्रोफेसर समेत रहेका राजाेपाध्यायले भन्थे,असनका छत्र श्रेष्ठ चोर हुन। उनका बाबुले मलाइ टिका लगाएको पैसा समेत लुटे स्मरणीय छ ठगी धन्दाका चतुर एवम् मायूर खेलाडी छत्रले ठगेका उनकै पुराेहित करिब दुइ बर्ष अगाडी उनकाे मृत्यु भएकाे थियाे।
ठग छत्रलाइ उनको पुरोहितको आँसु नलाग्ला र ठगी धन्दाका खेलाडी श्रेष्ठले काठमाडौंको सूर्यचौरस्थित उपलब्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करिब १३ लाख रूपौयाँ बुझाउनु पर्ने थियो। तर सहकारीका अध्यक्ष विपिन शर्मा हृदयघात अर्थात ‘हार्ट अट्याक’ का कारण मृत्यु भएकाे त्यो समाचार सुना साथ ठगका राजा श्रेष्ठ मानवीय समवेदना समेत नराखि शर्माको निधनमा खुशी व्यक्त गर्दै हिड्ने गेरेका थिए।
झन् अझ काठमाडौंको पुतलिसडकमा सञ्चालित आकाश बचत तथा ऋण सहकारीका सञ्चालक तथा अध्यक्ष सुब्बा श्रेष्ठलाइ एक युवती लगाइ अनैतिक क्रियाकलाप गरेको भन्दै गलत आरोप लगाइ श्रेष्ठ आफैले भगाउन सफल भएका थिए। उनको त्यस सहकारीमा पनि करिब १३ लाख ऋणको रहेकाे स्रोतले बताउछ।
यसैगरी काठमाडौेंकै असनमा सञ्चालित हाम्रो सहयोग बचत तथा ऋण सहकारी संस्थाको करिब १० बर्ष अगाडी चार लाख रूपैयाँ ऋण लिएको र हालसम्म करिब साँवा र व्यज गरि १२ लाख रूपैयाँ भएकोमा श्रेष्ठले ऋण नतिरि नियत बस रूपमा फरार रहेको सो सहकारीका अध्यक्ष वचन श्रेष्ठ बताउछन्।
त्यस्तै ललितपुरको जावलाखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाको ऋण समेत नतिरेर बचत कर्ताको रकममाथि छत्र बहादुर श्रेष्ठले आतंक नै मच्चाएको संस्थाका सञ्चालक आशिष तामाङले बताएका छन्।
काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको जावलाखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लि। बीच केही वर्ष अगाडी मर्ज भई डिलाइट बहुउद्देश्यीय सहकारी संस्थामा गाभिएको थियो।
डिलाइट सहकारी संस्थाले श्रेष्ठलाइ ऋण दिएको लामो समयसम्म पनि ब्याजको त कुरै छैन सावा समेत नदिएर भाग्दै हिड्ने गरेको संञ्चालक तामाङले गुनासो गरे।
कानुनको धज्जी उडाउदै श्रेष्ठले विभिन्न वहाना बनाउदै लुकी छिपी हिड्ने गरेको र अब कुनै पनि हालतमा पक्राउ गरि कानुनी कारबाहीको प्रकिया अगाडी बढाउने तामाङले बताए।
सोझा सिधा सर्वसाधारणहरुको एक एक रूपैयाँ जम्मा गरेर राखेको पैसा न्यूनतम ब्याजदरमा लिएपछि तिर्नु पर्नेमा अहिले लुकी छिपी हिडेर ऋृण नतिर्ने मनसाय बनाएको देखिएकोले अब कुनै पनि हालतमा उनलाइ नछोड्ने तामाङले बताए।
सहकारी ठगीका नाइके छत्रले विगमा काठमाडौंकै महाबौद्धमा धुलिखेल बचत तथा ऋण सहकारी संस्था खोली उक्त संस्थाको श्रेष्ठ स्वयम् सचिव पदमा रहि काठमाडौंको लोकल बासिन्दाको हैसियतमा करिब रू एक करोड ३८ लाख ठग्न समेत भ्याएकाे स्राेतकाे दाबी छ। उनले ठगी गरेका विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
सो मुद्दामा अदालतले १२ लाख रूपैयाँ धरौटी र दुइ दिन कैद सजाए समेत तोकेको छ। तर श्रेष्ठले भने हाल अदालतको आँखामा छारो हाल्दै, अदालतको आदेशको ध्वजी उडाउँदै खुल्मखुला रूपमा हिडिहेका छन्।
ठग श्रेष्ठले अहिले अदालतमा पैसाकाे सेटिङ्ग मिलाएर पेसी सार्ने समेत गरेकाे स्राेतले बताउछ। यस विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) को समेत ध्यानाकषर्ण भएको बताइएकाे छ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


