आज :

आर्थिक विवादले सलमान र करणको ‘द बुल’ मा ढिलाइ

  • अनलाइन डबली

काठमाडौं । अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’ पछि निर्माता तथा निर्देशक करण जोहरका साथ नयाँ फिल्म ‘द बुल’को तयारीमा व्यस्त थिए । सलमानले यो फिल्मका लागि सक्दो मेहनत गरिरहेका थिए । त्यसका लागि उनले ‘बडी ट्रान्सफर्मेशन’को काम पनि गरेका थिए ।

तर अब भने फिल्मको मुहुर्त पछि यसको निर्माणमा केही बाधा सिर्जना भएको छ । जसकारण फिल्मको काम रोकिएको छ ।

फिल्म निकट स्रोतका अनुसार सलमान र करणबीच पैसा लेनदेन विषयमा एकमत हुन सकेको छैन । जसकारण फिल्मको सुटिङ हुन ढिलाइ भइरहेको छ ।

‘द बुल एक महंगो फिल्म हो र करणले ‘ब्याक एण्ड डिल’का साथ सलमानसँग सम्झौता गर्ने आशा राखेका छन् । तर सलमान भने एडभान्स पैसा मागिरहेका छन् । तमाम हिसाब–किताब गरेपछि करणलाई फिल्मलाई फ्लोरमा जान आर्थिक रुपले व्यवहारिक लागेको छैन । उनले अब वित्तिय ढाँचामा पुनः काम गर्नका लागि सलमानसँग थोरै समय मागेका छन्’, स्रोतले भनेको छ ।

यता सलमान भने करणका साथ साझेदारीमा काम गर्न पाउँदा खुशी छ, तर उनी आफ्नो व्यक्तिगत नोक्सानी व्यहोर्न चाहँदैनन् । ‘सलमानलाई स्क्रिप्ट निकै मन परेको छ । तर सलमानलाई यो प्रोजेक्टमा जोड्नका लागि करणलाई निकै पैसाको आवश्यकता छ । एकपटक जब सबै कुराको अन पेपर फाइनल हुन्छ, त्यसपछि फिल्मको आधिकारिक घोषणा हुनेछ’, स्रोतले अगाडि भनेको छ ।

‘द बुल’ गत नोभेम्बरबाट सुरु हुनुपर्ने थियो । तर फिल्मलाई डिसेम्बरसम्म सारियो । फेरि जनवरीसम्म फिल्म धकेलियो र आउने मेमा सुटिङको खाका बनाइयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal