आज :

नवाज शरीफका भाइ शहबाज पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्दै, सेनाको समर्थन

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने भएका छन् । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद बनेको छ ।

जसमा पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ शहबाज शरीफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्रीको रुपमा पार्टीबाट प्रस्ताव गरेका छन् । यसलाई पाकिस्तानी सेनाले पनि समर्थन गरेको छ ।

शरीफले छोरी मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्रीका लागि मनोनयन गरेको पनि पार्टी प्रवक्ता मरियम औरङ्गजेबले सो जानकारी दिइन् ।

नवाज शरीफले सरकार गठनमा पीएमएलएनलाई साथ दिने सबै राजनीतिक दललाई धन्यवाद दिँदै नयाँ सरकार पाकिस्तानलाई संकटबाट बाहिर निकाल्न सफल हुने आशा व्यक्त गरेका छन् ।

नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् । शाहबाज सरिफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने भएका छन् । इमरान खानको सरकार पतन भएपछि २०२२ –२०२३ को बीचमा पीपीपीको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री पदको दौडबाट फिर्ताको घोषणा गर्दै आफ्नो पार्टीले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को प्रधानमन्त्री पदका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal