आज :

जनकपुरमा ई–रिक्सा चालक आन्दोलित

  • अनलाइन डबली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरका ई–रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । विभिन्न ६ बुँदे माग राख्दै जनकपुरधामका इ–रिक्सा चालकले सोमबार दिउँसो नगरपालिका अगाडि सडक जाम गरेर नगरप्रमुख मनोजकुमार साहविरुद्ध नाराबाजी गरेका छन् ।

ई–रिक्सा उपमहानगरपालिकामा दर्ता हुनुपर्ने, चालकहरुलाई अनुमतिपत्र, सुरक्षा पोसाक उपलब्ध गराउनुपर्ने, जनकपुरधामका चोकहरुमा ई–रिक्सा स्ट्याण्डको व्यवस्था हुनुपर्ने, स्वास्थ्य जाँच तथा जीवन बिमा उपलब्ध गराउनुपर्ने, संस्थासँग छलफल र समन्वय गरी भाडादर निर्धारण गर्नुपर्ने लगायत माग राखेका छन् ।

एक साताभित्र माग पुरा नभए आन्दोलनका कार्यक्रम चरणबद्ध रुपमा अघि बढ्ने नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाका अध्यक्ष वीरेन्द्रकुमार महतोले बताएका छन् ।

चालकहरुले घण्टौ सडक जाम गरेर विरोध गरेपछि उपमहानगरपालिकाले उनीहरुलाई छलफलका लागि बोलाएको छ । उपप्रमुख किशोरी साहले ८ जना छलफलको लागि समय मिलाएर आउनु भने पछि सडक जाम खोलिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal