आज :

मुख्यमन्त्री जम्कट्टेलको प्रतिबद्धताः धुनिबेसीको पर्यटन प्रर्बद्धन गर्न सघाउँछु

  • धनन्जय बुढा

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले धुनिबेसी नगरपालिका भित्रका पर्यटकिय स्थलहरुको प्रबद्र्धन गर्न सघाउने प्रतिबद्धता जाहेर गरेका छन् । शनिबार धुनिबेसी नगरपालिका वाड नं. ६ र गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल(भिटोफ–नेपाल)द्वारा संयुक्तरुपमा नौबिसेमा आयोजित ‘अध्ययन अवलोकन भ्रमण’मा बोल्दै राजधानीको नजिकै रहेरपनि बत्तिमुनिको अँध्यारो सो नगरपालिका पर्यटनका हिसाबले धेरै सम्भावन रहेकोसमेत बताएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले पर्यटन लगायतका क्षेत्रमा धेरै काम गर्न सक्ने भए पनि नीतिको अभाव भएको बताउँदै भने,“बागमतीका काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकको पर्यटकिय क्षेत्रको प्रवद्र्धन र सम्बद्र्धनका लगि हामीले नीति बनाउँदै छौं, त्यसपछि यस क्षेत्रको विकासमा छालाङ् हान्ने हो ।”

वडा अध्यक्ष रमेश आचार्यले अवलोकन भ्रमणमा आउने सबैलाई धन्यबाद दिदै भने,“हामीले सोचेको भन्दा राम्रो कार्यक्रम भयो, राष्ट्रियरुपमा ख्याति प्राप्त पर्यटन सम्बद्र्धन व्यवसायी संघसँस्थाका नेतृत्वज्यू र मुख्यमन्त्रीज्यू पनि पाल्नुभयो हामी आभारी छौं ।” ‘राजधानी काठमाडौंबाट मात्र २५ किलोमिटर छ,त्यो पनि सुरुङ मार्ग बनेपछि त झनै नजिक हुने यस क्षेत्रको पर्यटनको उजागर गरिदिन हार्दिक अपिल गर्दछ ।’ अध्यक्ष आचार्यले थपे ।

अध्ययन अवलोकन तथा पदयात्रा(हाइकिङ)पछि भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले समग्र देशको पर्यटनलाई सबल र सक्षम बनाउँनका लागि सबै किसिमका पर्यटन व्यवसायी एकजुट हुनु पर्नेमा जोड दिए ।
देशमा तीन तहको सरकार भएको र स्थानिय तहलाई पर्यटनसम्बन्धी नीति बनाउन पाउने अधिकार रहेको बताउँदै, पर्यटन मैत्री नीति बनाउनु पर्ने सुझाएका थिए । धुनिवेसी जस्ता स्थानिय तथा प्रचारमा नआएका पर्यटकिय क्षेत्रहरुमा होम स्टे ट्रेकिङ ट्रायलको माध्यम र धार्मिक तथा कृषिलाई जोडेर प्रवद्र्धन गर्न सकिने बताउँदै भने,“नेपालमा सिजनलरुपमा मात्रै पर्यटन चलिरहेको अवस्थामा हामिले गाउँ पर्यटनको प्रवद्र्धन गरेको खण्डमा बाह्रै महिना देशको पर्यटनलाई चलायमान बनाउँन सकिन्छ ।”

भिटोफ पूर्व अध्यक्ष शिब लामिछानेले,भिटोफको नेपाल नेपालको ग्रामिण पर्यटनको लागि पछिल्लो समयमा निकै प्रभावकारी बन्दै गएको धारणासमेत राखे । तारागाउँ विकास समितिका संचालकसमेत रहेका लामिछानेले देशका अति आकर्षण बोकेको तर पर्चार हुन नसकेको पर्यटकीय ठाउँहरुलाइ प्रचार प्रशार गर्ने, शहर केन्द्रीत बाह्य तथा आन्तरिक पर्यटकहरुलाई घरबासको माध्यमबाट नयाँ पर्यटकीय ठाउँहरुमा भ्रमण गर्ने गराउने, घरबास संचालन गर्न उचित ठाउँहरुमा घरबास तालिम संचालन गरि जनचेतना फैलाउने, अथिति सत्कार कला सिकाउने, बिभिन्न कला सस्कृत भल्किने कार्यहरु गर्ने ,शिप शिकईको मध्यमबाट पर्यटन प्रबर्धन गराउने ,स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्ने तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गरि आत्मनिर्भर बनाउने गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल मुख्य उदेश्य भएको बताउँदै धुनिबेसी पर्यटनका लागि निकै नै सम्भावना रहेको धारणा राखे ।

इस्टोनिका लागि नेपालका अवैतानिक बाँणिज्य दूत नवराज दाहाल,नेपाल र्यटन बोर्डका निर्देशक मणिराज लामिछाने, भिटोफ पूर्व अध्यक्ष रामप्रसाद सापकोटा, नेपाल पर्वातोहण संघका सचिब धनबहादुर गुरुङ, सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स अप्रेटर नेपाल(सोटो)का वरिष्ट उपाध्यक्ष मान बहादुर शाही, टूर गाईड एसोसियसनका अध्यक्ष थानेस्वर देबकोटा,नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज पाण्डे, पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष कुमरा थापा, राष्ट्रिय उड्डयन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे, रास्वपा गोरखानिर्वाचन क्षेत्र समिति सदस्य, ट्रेकिग एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) का पुर्ब कार्ससमिति सदस्य तथा पर्याटन ब्याबसाही गोविन्द पन्त, भिटोफ नेपालका सल्लाकार द्वोय दिपक दाहाल र अशोक सिलवाल, भिटोप नेपालका कार्यक्रम सञ्चालक सचिव दिपक पण्डेलगायत एक सयबढीजनाले नौबिसे,कालीदेबी मन्दीर,गौचरण,मदाने र टोट्के मैदानसम्म अध्ययन अवलोकनको क्रममा हाईकिङ(पदयात्रा) गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal