आज :

बाँकेमा राष्ट्रपति रनिङ शिल्ड खेलकूद सुरू

  • अनलाइन डबली

नेपालगन्ज । बाँकेमा ‘१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा प्रतियोगिता भइरहेको हो ।

प्रतियोगिताको शनिबारै लुम्बिनी प्रदेश सांसद माया पुनले उद्घाटन गरिन् । उनले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद नै राज्यको आँखाबाट ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाउने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सन्दिपजंग शाहले जानकारी दिए ।

जिल्लाबाट छनोट भएका खेलाडीहरूलाई फागुन ११ देखि १३ गतेसम्म बुटवलमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उनले बताए ।

प्रतियोगिता सञ्चालन गर्नका लागि कोहलपुर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ भने सांसद पुनले १० लाख रुपैयाँ बराबरका खेलकूद सामाग्री हस्तान्तरण गरेकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal