आज :

स्टार्टअपमा व्यवसायलाई कर्जा प्रवाहको समझदारी, विना धितो २५ लाखसम्म ऋण प्रदान गर्ने

  • अनलाइन डबली

काठमाडौं । नवप्रवर्तनमा आधारित व्यवसायलाई कर्जा प्रवाह गर्ने बाटो सहज भएको छ । यसका लागि बुधबार स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो समझदारीसँगै प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैंकल स्टार्टअपमा आधारित व्यवसाय गर्नेलाई कर्जा दिने भएको छ । व्यवसायीले परियोजना धितो राखेर कर्जा माग गर्न सक्नेछन् ।

समझदारी हस्ताक्षरका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिदै ऋण डुब्ने परियोजना नगर्न सचेत गराए । उनले भने, ‘आज जुन सहमति सम्झौता भएको छ, त्यसको आजबाट प्रक्रिया सुरु हुन्छ । २५ करोड रुपैयाँ सरकारले यसमा विनियोजन गरेको छ । ३ प्रतिशत ब्याजमा ऋण दिने हो । पारदर्शी हिसाबमा ऋण प्रवाह होस्, प्रोजेक्टहरु राम्रो राम्रो होस् भनेर निर्देशन दिएको छु ।’

कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिने समझदारीपत्रमा उल्लेख छ ।

त्यस्तै फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपदर व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रका व्यवसाय पनि कर्जा दिन सकिनेमा समेटिएको छ ।

अधिकतम कर्जा रकम सीमाअन्तर्गत स्टार्टअप उद्यम परियोजनामा बढीमा २५ लाख रुपैयाँ दिन सकिने सम्झदारीपत्रमा उल्लेख छ । स्टार्टअप उद्यमकर्जा प्रदान गर्न र निक्षेप तथा कर्जा सुरक्षणका लागि प्रतिष्ठानले बैंकलाई कर्जा सुरक्षणमा हाललाई २४ करोड २५ लाख रकम उपलब्ध गराउने छ ।

कर्जाको सेवा शुल्क र ब्याजदर सेवा शुल्क र कार्यविधि बमोजिम हुने जनाइएको छ । बैंकले कर्जा प्रवाहगर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रूपमा राख्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा उद्यमी आफैले गर्नुपर्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal