आज :

आहा–रारा गोल्डकप : दोश्रो सेमीफाइनलमा आर्मी र चर्चब्वाइज खेल्दै

  • अनलाइन डबली

पोखरा । पोखरामा जारी आहा–रारा पोखरा गोल्डकपको दोश्रो सेमीफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भीड्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा–रारा पोखरा गोल्डकपको उपाधि भिडन्त खेल्नेछ ।

पहिलो सेमीफाइनलमा जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब बुधबारै फाइनल प्रवेश गरिसकेको छ । आहा–रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् ।

प्रतियोगितामा आर्मी अहिलेसम्म उपाधिविहीन छ भने गतवर्षबाट मात्रै प्रतियोगितामा समेटिएको चर्च ब्वाइज पहिलो वर्ष नै सेमीफाइनलसम्म खेलेको थियो ।

यसपटक आर्मीले भरत खवासको कप्तानीमा खेलाडीहरु मैदान उतारेको छ । आर्मीको टिममा राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जङ, विमल पाण्डे, विकेश कुथुलगायत छन् ।

चर्चब्वाइजको कप्तानी अनन्त तामाङले सम्हालिरहेका छन् । टिममा राष्ट्रिय टिमबाटै खेलिसकेका कमल श्रेष्ठ, नेपाल सुपर लिग (एनएसल)मा उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की, सन्तोष खत्री, सञ्जित राई, राजीव लोप्चन, कृपाकान्त चौधरी, समीर तामाङलगायत खेलाडी छन् ।

प्रतियोगितामा यो वर्ष दुई विदेशीसहित १२ टिम सहभागी थिए भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ जित्नेछन् । गतवर्ष संकटा क्लब काठमाडौंले उपाधि जितेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal