आज :

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको पार्टीको र्यालीमा बम बिष्फोट हुँदा ४ को मृत्यु, दर्जन घाइते

  • अनलाइन डबली

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्‍यालीमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

बिस्फोटमा परी दर्जन घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको चुनावी र्याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो । सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बाबरले चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरेका छन् ।

घाइतेहरुलाई सिभिल अस्पतालमा भर्ना गरिएको उनले बताए । घटनास्थलमा प्रहरी पुगेर अपराधीहरुको खोजी सुरु गरेको अधिकारीहरुले जनाएका छन् । पीटीआई पार्टीले एक विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै छानविन गर्न माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal