तियोगिता हुने काठमाडौं। नेपाल एकायन कराते संघकाे आयाेजनामा प्रथम दक्षिण एशियाली एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ । माघ १६ र १७ गते दुई दिन हुने प्रतियोगिता काठमाडौं नयाँबजार खुसिबु स्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रको हाता भित्र संचालन हुन लागिएको हो । प्रतियोगिता विभिन्न १२ तौल समुह मा खेलाइने छ । जसमा नेपाल अधिराज्य बाट १०० जना र भारत, पाकिस्तान, श्रीलंका, बगलादेश, भुटान गरि ४० जना महिला र पुरुष गरि जम्मा १४० जना खेलाडीको सहभागी हुने उक्त संघले जनाएको छ । प्रतियोगितालाई सफलतापुर्बक सम्पन्न गर्न नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको अध्यक्षतामा १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । जसमा कार्यक्रम संचालन तथा आर्थिक व्यवस्थापन सस्थापक अध्यक्ष श्रीकृष्ण डंगाेल, कार्यक्रम संयाेजक तथा बिदेशी समन्वय ब्यवस्थापन समदेन तामाङ, अतिथि सत्कार मिना प्रजापति, स्वयम् सेवक ब्यवस्थापन राम तामाङ, संचार, प्रचार प्रसार, फाेटाेग्राफी तथा प्रकाशन ब्यवस्थापन बुद्ध शरण शाही, खेल मञ्च,उदघाटन तथा समापन ब्यवस्थापन समसेर लामा, राम सुनार र रूपेश मगर, निर्णायक, खेल तालिका , विजयता नामावली, पुरस्कर र प्रमाणपत्र वितरण ब्यवस्थापन सिर्जन अधिकारी र भरत धाैलाकाेटी, प्रतियोगिता स्थलमा खाना र बस्नको लागि ब्यवस्थापन सजिन महर्जन र हिमाल सागर, स्वास्थसेवा ब्यवस्थापन उर्मिला बिश्वकर्मा, सुरक्षाकर्मी ब्यवस्थापन सुरेश धाैलाकाेटी, खेलाडीहरूकाे खाना र बस्नकाे लागि आवासको ब्यवस्थापन बिस्नु मान शाक्य र अर्जुन शाक्य, र मार्चपार्स ब्यवस्थापन किशोर तामाङ रहेको १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।