आज :

गाजाबाट पछि हट्दै इजरायल, हमासलाई यस्तो प्रस्ताव पठायो

  • अनलाइन डबली

काठमाडौं । अन्तिम युद्ध भन्दै इजरायलले गाजामा हवाई र स्थल हमला गरेको थियो । उसले अपेक्षाकृत सफलता हात नलागेपछि फिर्ता हुने बहाना खोजिरहेको चर्चा सुरु भएको छ ।

हमासको सुरुङ सञ्जाल ध्वस्त नपारेसम्म फिर्ता नहुने वाचासहित हमलाको गरेको इजरायलले लामो युद्धबिरामको प्रस्ताव गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इजरायलले लामा युद्धविरामको लागि पहल गरेको थालेको छ ।

इजरायलले मध्यस्थको भूमिका खेलिरहेका इजिप्ट र कतारमार्फत हमासलाई दुई महिना लामो युद्धबिरामको प्रस्ताव पठाएको छ । यसको पुष्टि इजरायलको रक्षा विभागले गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
प्रस्तावमा इजरायलले गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न माग गरिएको छ । गाजामा बन्धक बनाएका धेरै इजरायलीहरूको परिवारले सरकारलाई दबाब दिइरहेका छन् ।

सोमबार संसदीय समितिको बैठकका क्रममा बन्धकका आफन्त संसदमा प्रवेश गरेका थिए । उनीहरुले प्यालेस्टाइनमा बन्धक मारिएको अवस्थामा यहाँ बैठक बस्न नमिल्ने बताएका थिए ।

इजरायलको यो प्रस्तावलाई गाजाबाट पछि हट्न खोजेको अर्थमा हेरिएको छ । भनेको समयभित्र गाजालाई नियन्त्रणमा लिन र हमासलाई कमजोर बनाउन नसकेपछि इजरायलले पछि हट्ने योजना बनाइरहेको बताइएको छ ।

यस्तै आइतबार राति मानिसहरूले आफ्ना परिवारका सदस्यहरूलाई रिहा गर्न माग गर्दै इजरायली सरकारविरुद्ध प्रदर्शन गरेका थिए।

७ अक्टोबरदेखि जारी युद्धमा अहिलेसम्म २६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । जसमा महिला र बालबालिका बढी रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal