आज :

इजरायललाई मुखमा वास्तविक थप्पड दिने हिजबुल्लाहको कडा चेतावनी

  • अनलाइन डबली

काठमाडौं । इजरायल र हमासबीच चलिरहेको युद्धलाई लिएर हिजबुल्लाहले इजरायललाई कडा चेतावनी दिएको छ । हिजबुल्लाह समूहका एक शीर्ष अधिकारीले युद्ध लेबनानको सीमासम्म फैलियो भने इजरायलले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।

हिजबुल्लाहका नइम कासिमले इजरायलले द्वन्द्व बढाउने निर्णय गरेमा त्यसको उचित जवाफ र मुखमा वास्तविक थप्पड दिने चेतावनी दिएका छन् । इजरायली वायुसेनाले इजरायल–लेबनान सीमा नजिकैको गाउँ केफर किलामा चार घरहरूलाई निशाना बनाएको छ ।

केफरका मेयर हसन चिटेले संयोगवश इजरायली वायुसेनाको आक्रमणमा ध्वस्त भएका घरमा कोही नभएको बताए । शुक्रबार हिजबुल्लाहले तीनवटा आक्रमणको दाबी गरेको थियो, जसमा धेरै घरहरू ध्वस्त भएको भनिएको थियो। बुधबार इजरायली सेना प्रमुख हार्जी हालेवीले इजरायल र हिजबुल्लाहबीचको तनाव आगामी महिनाहरूमा बढ्न सक्ने बताएका थिए ।

गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले आक्रमण गर्दा इजरायल र हिजबुल्लाहको सीमामा भारी गोलीबारी भएको थियो । रिपोर्टका अनुसार इजरायलसँग जोडिएका सीमावर्ती गाउँहरूमा पनि बमबारी गरिएको थियो । लेबनानमा भएको हिंसामा कम्तिमा १ सय ४२ हिज्बुल्लाह आतंककारीसहित १९५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal