आज :

संविधान संशोधन गरेर दक्षिण कोरियालाई प्रधान शत्रु घोषणा गर्ने किमजङको चेतावनी 

  • अनलाइन डबली

काठमाडौं । जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता किमजोङ उनले आफ्नो देशको संविधानमा परिवर्तन गरेर दक्षिण कोरियालाई मुख्य दुस्मन र प्रधान शत्रुका रूपमा व्याख्या गरिनुपर्ने बताएका छन् । उनले त्यसपछि युद्ध भएको खण्डमा दक्षिण कोरियाली भूभाग उत्तरमा गाभ्न सकिने व्यवस्था पनि गरिनु पर्ने टिप्पणी गरेका छन् ।

नेता किमले एउटा महत्त्वपूर्ण संसदीय बैठकलाई सम्बोधन गर्दै दक्षिण कोरयालाई मेलमिलाप र एकीकरणको उद्देश्यका निम्ति आफ्नो देशको सहयात्रीका रूपमा परिभाषित नगर्न कानुनी उपायहरू तयार पार्न आग्रह गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ ।

यसैबीच उत्तर कोरियाले अन्तरकोरियाली संवाद र सहकार्य प्रवर्धन गर्ने उद्देश्य बोकेका तीनवटा निकायलाई पनि भङ्ग गरिदिएको बीबीसीले जनाएको छ। दुई देशबीच यस्ता अप्रिय प्रकृतिका भनाभनको घटनाको सङ्ख्या गत एक वर्षदेखि बढ्दै गएको देखिएको छ।

पछिल्ला दिनमा दुबै देशबीचको सम्बन्ध निम्न बिन्दु मा पुगेको छ र आआफ्ना सैन्य क्षमतालाई पनि बढाउँदै लगिरहेका छन्।

नेता किमजोङको उक्त भनाईपछि दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले उत्तर कोरयाली अधिकारीहरूले दक्षिण र उत्तर कोरियालाई समान मूल भएका देशका रूपमा नभई दुई शत्रुतापूर्ण सम्बन्ध भएका राष्ट्रका रूपमा व्याख्या गरेका छन्।

यउलले उत्तर कोरियाले ठूलो बल प्रयोग गरेर जवाफ दिने बताएका छन् । उनले कोरियाली गणतन्त्रलाई विभाजित तुल्याउने र आफ्नो जनताको मनमा संशय उत्पन्न गराउने राजनीतिक उक्साहटमा लागेको समेत आरोप लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal