आज :

गाजायुद्धपछि इजरायलसँगको सम्बन्ध राम्रो बनाउछौँः साउदी राजदूत खालिद

  • अनलाइन डबली

काठमाडौं । गत ७ अक्टोवरमा प्यालेस्टाइनी समूह हमासले हमलागरेछि सुरु भएको गाजायुद्ध रोकिने कुनै संकेत नभएपनि युद्ध समाप्त भएपछि समबन्ध राम्रो बनाउने साउदी अरेबियाले जनाएको छ ।

साउदी अरेबियाले गाजायुद्ध समाप्त भएपछि इजरायलसँग राम्रो सम्बन्ध बनाउन चाहेको साउदी राजदूत खालिद बिन बन्दर अल साउदले बताए ।

मंगलबार बीबीसीसँगको अन्तर्वार्तामा उनले अहिले दुई देशबीचको सम्बन्धमा केही तनाव रहेको तर इजरायलले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गरेपछि इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउन प्रयास गर्ने बताए ।

तर, प्यालेस्टाइनी राज्य निर्माणको लागि साउदी अरबको माग रहेको र त्यसमा अडिग रहेको उनको भनाई छ ।

बेलायतका लागि साउदी राजदूत अल साउदले गाजाको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट प्रतिक्रियाको अभाव रहेको बताए ।

साथै युद्ध अन्त्य गर्ने र स्ट्रिपमा मानवीय सहायता पठाउने प्रयासहरू अपर्याप्त रहेको पनि बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal