आज :

रुसी सहरमा युक्रेनको घातक हवाई हमला: २० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

  • अनलाइन डबली

काठमाडौँ । मस्कोले युक्रेनलाई दक्षिण-पश्चिम रसियाको एक शहरमा घातक हवाई हमला गरेको आरोप लगाएको छ । सीमावर्ती बेलगोरोडमा भएको सांघातिक आक्रमणमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। त्यहाँका एक क्षेत्रीय गभर्नरका अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछिको यो सबैभन्दा घातक आक्रमण हो ।

आक्रमणमा परी मारिनेमा तीन बालबालिका समेत छन् । यता युक्रेनी सुरक्षा स्रोतले शनिबारको कारबाहीमा सैन्य पूर्वाधारलाई मात्र निशाना बनाइएको दाबी गरेको बीबीसी जनाएको छ। शुक्रबार युक्रेनमा रुसले गरेको आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

जसलाई कीभले रुसको युद्धमा अहिलेसम्मकै सबैभन्दा ठूलो मिसाइल बमबारीका रूपमा व्याख्या गरेको थियो ।

रुसमा युक्रेनले गरेको आक्रमणलाई मस्कोले भने युक्रेनी ओल्खा र चेक-निर्मित रकेटहरू सहित धेरै प्रकारका हतियारहरूसहित आक्रमण गरेको आरोप लगाएको छ। युक्रेनी सुरक्षा स्रोतका आधारमा बीबीसीले भनेको छ, ‘रसियाले युक्रेनी शहरहरू र नागरिकहरूमा गरेको आतंकवादी हमलाको प्रतिक्रियाको रूपमा युक्रेनले शनिबार जवाफी आक्रमण गरेको हो।’ युक्रेनले बेल्गोरोडको अवस्थालाई भने ‘रूसी वायु रक्षाको अयोग्य काम’ भनेको छ ।

रसियाको अनुरोधमा शनिबार न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकसमेत बसेको थियो । बैठकमा रसियाले चेक प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेको थियो। बैठकको क्रममा, संयुक्त राष्ट्रका लागि रसियाका राजदूत भासिली नेबेन्ज्याले युक्रेनलाई ‘नागरिक लक्ष्य विरुद्ध जानाजानी, अन्धाधुन्ध आक्रमण’ गरेको आरोप लगाए। उनको टिप्पणीलाई युक्रेनका सहयोगीहरूले तुरुन्तै खण्डन गरे, फ्रान्सेली राजदूतले भने कि युक्रेनले संयुक्त राष्ट्रको कानून अन्तर्गत आफ्नो रक्षा गरिरहेको छ, जबकि अमेरिका र बेलायत लगायतका अन्यले भने कि राष्ट्रपति भ्लादिमिर पुटिन द्वन्द्व सुरु गरेर रूसी मृत्युको लागि जिम्मेवार थिए। संयुक्त राष्ट्रका सहायक महासचिव मोहम्मद खियारीले दुवै पक्षबाट भएको आक्रमणको ‘स्पष्ट रूपमा निन्दा’ गरे ।

रुसी रक्षा मन्त्रालयका अनुसार यसअघि पनि बेल्गोरोडमा १३ वटा क्षेप्यास्त नष्ट गरिएको थियो भने ३२ वटा ड्रोन खसालिएको थियो ।

शुक्रबार युक्रेनमा रुसले गरेको बमबारीमा भने ३९ जनाको ज्यान गएको थियो भने १६० भन्दा बढी हताहतमा परेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । जसमा राजधानी कीभ सहित कैयौँ सहरहरु प्रभावित भएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal