आज :

अन्ततः बालकृष्ण खाँण पनि ३० लाख तिरेर छुट्ने भए

  • अनलाइन डबली

काठमाडौं । उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश गरेको हो ।

यसअघि भएको सुनुवाईमा न्यायाधीशको मत राय बाझिएपछि खाणको सुनुवाई न्यायाधीश कृष्णराम कोइरालाको इजलासले गरेको थियो ।

विहीबार भएको सुनुवाईपछि कोइरालाले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेका थिए । योसँगै खाण ३० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन् ।

दुवै न्यायाधीशहरुविचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको थियो ।

उच्च अदालत पाटनले गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो । २० मध्ये बालकृष्ण खाणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal