आज :

अमेरिकी संसदले युक्रेनलाई दिने सैन्य सहयोग रोक्ने, बाइडन भन्छन्- साथ छोड्दैनौं

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने प्रस्ताव अमेरिकी कंग्रेसबाट अस्वीकृत भएको अवस्थामा पनि अमेरिकाले युक्रेनको साथ नछाड्ने बताएका छन् ।

अमेरिकी कंग्रेसमा रिपब्लिकनहरूले ६० अर्ब डलरको सैन्य सहायता रोक्न खोजे पनि बाइडेन युक्रेनको साथमा देखिएका हुन् । अमेरिकी संसदले युक्रेनलाई दिने भनिएको नयाँ सहयोग रोक्ने सम्भावना बढेसँगै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा बाइडेनले सो आश्वासन दिएका हुन् ।

‘युक्रेनले रुसी आक्रमणविरुद्ध आफ्नो रक्षा गरिरहेको छ । र कुनैपनि सार्वभौम देशलाई त्यसो गर्ने अधिकार छ । कुनैपनि देशको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण रहनुपर्छ भन्ने हाम्रो मान्यता हो । यदि अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको छ भने त्यसको पछाडिको एउटै कारण हो कि संसारको कुनैपनि देशले अरु कुनै देशलाई कब्जा गर्ने प्रयास गर्नु हुँदैन’ बाइडेनले भनेका छन् ।

बाइडनले रुसको अत्याचारको विश्व जगतनै साक्षी रहेकाले यसलाई जसरी पनि परास्त गर्ने उल्लेख गरे ।

भेटमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि रुसविरुद्धको लडाइँमा आफूहरुको जित हुने धारणा राखे ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्दा युद्ध अधिकतम एक हप्तासम्म चल्ने दाबी गरिएको थियो । तर, युद्ध आजसम्म जारी छ । जहाँ पुटिनले रुसी आक्रमणलाई औचित्य पुष्टि गर्नका लागि सबै हर्कत गरिरहेका छन् भन्े युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसलाई सार्वभौम राष्ट्रमाथिको आक्रमण भन्दै आएका छन् ।

दुई देशबीचको युद्ध भएको २१ महिना बितिसकेको छ । रुस युक्रेन युद्धलाई लिएर अहिले खास गरेर ३ वटा प्रश्नहरुको चर्चा हुने गरेको छ ।

पहिलो शक्तिशाली रुसले युद्धलाई आफ्नो पक्षमा मोड्न नसकेको हो ? दोस्रो यो युद्धमा युक्रेन कसरी रहन्छ ? तेस्रो अमेरिका के चाहन्छ ? यी तीनवटै प्रश्नको उत्तर एकअर्कासँग सम्बन्धित छ ।

यी सबैको बीचमा अमेरिकाले युक्रेनी सहायतालाई यदि कंग्रेसले प्रस्ताव अस्वीकार गर्छ भने यो पुटिनका लागि क्रिसमस उपहार नै हुनेछ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal