आज :

फर्केर आउँछु भन्दै छुटिएका इजरायलका मन्त्रीका छोरा गाजामा हमासको हमलामा मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । फर्केर आउने वाचासहित गाजा युद्धमा गएका इजरायलका एक मन्त्रीका छोराको मृत्यु भएको छ । उनको हमासको हमलामा परी मृत्यु भएको हो ।

पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको गाजा युद्धमा मारिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मेजर आइसेनकोट सुरुङको शाफ्ट विस्फोटबाट गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइसेनकोट ‘सच्चा नायक’ भएको भन्दै उनको मृत्युले आफू र उनकी श्रीमतीको मन टुटेको बताएका छन् ।

‘हाम्रा नायकहरू व्यर्थमा मरेका छैनन् । हामी विजयी नभएसम्म लडाइँ जारी राख्नेछौं’, प्रधानमन्त्री नेतान्याहुले भने ।
६३ वर्षीय गाडी आइसेनकोट, सन् २०१५–१९ सम्म इजरायलको चीफ अफ द जनरल स्टाफको रूपमा सेवा गरेका लडाइँमा खटिएका सेवानिवृत्त जनरल हुन् ।

राष्ट्रिय एकता पार्टीका एक सांसद, उनी ७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि स्थापित नेतन्याहूको आपतकालीन सरकारको वर्तमान सदस्य बनेका थिए ।

इजरायलले गाजामा हवाइ बमबारी र भूमि आक्रमण सुरु गरेको जारी राखेको छ । जसमा अहिलेसम्म १७,००० भन्दा बढी मानिसको मृत्यु नभएको जनाइएको । मारिनेमा अधिका सर्वसाधारण नागरिक छन् । आक्रमणपछि हजारौं मानिस भग्नावशेषमा वेपत्ता भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal