आज :

गोञ्जालोको निधन भएको २ बर्षपछि फुजिमोरी रिहा, जसले पेरुको जनयुद्ध दबाउन अमानविय कार्य गरेका थिए

  • अनलाइन डबली

काठमाडौँ । पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष गोञ्जालाको नेतृत्वमा सञ्चालित जनयुद्धको क्रममा पेरुभियाली जनतामाथि अमानविय दमन गरेका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी जेलबाट रिहा भएका छन् ।

पेरुको संवैधानिक अदालतले ८३ वर्षीय फुजिमोरोलाई रिहाई गर्ने फैसला गरेसँगै उनी जेलबाट छुट्ने भएका हुन ।
पेरुमा चलेको जनयुद्धलाई दबाउने नाममा फुजिमोरीको आदेशमा गम्भीर मानवाधिकार उल्लंघन गरेको आरोपमा सन् २०३२ सम्मका लागि जेल सजाय सुनाइएको थियो ।

यसअघि जमानतमा छोड्न सन् २०१७ मै निर्णय भएपनि संवैधानिक अदालतले यो स्वीकार गरेको थिएन ।

पेरुको संवैधानिक अदालतमा फुजिमोरीप्रति सहानुभूति राख्ने केही नयाँ न्यायाधीश नियुक्त भएपछि उनको रिहाई भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । जम्मा चार न्यायधीशमध्ये फुजिमोरीको पक्षमा तीनजना उभिएका थिए ।

अदालतको निर्णयमाथि फुजिमोरीका प्रतिद्वन्द्वी समेत रहेको राष्ट्रपति पेड्रो कास्टिलोले भने आपत्ती जनाएका छन् । वामपन्थी दलहरुले भने उक्त निर्णयको बिरोधमा प्रदर्शनको आह्वान गरेका छन् ।

सन् १९९० देखि २००० सम्म एक दशक राष्ट्रपति बनेका फुजिमोरीले आफ्नो कार्यक्रकालमा अर्थतन्त्रलाई बलियो बनाउने नाममा मुद्रास्फिति बढाउन पुगेका थिए । त्यसैबेला पेरुमा निकै शक्तिशाली बनेको साइनिङ पाथको जनयुद्धमाथि उनले निर्मम दमन चलाए ।

गिरफ्तार गरिएकालाई साइनिङ पाथका नेता कार्यकर्तालाई यातना, हत्या, जेलनेलमा चर्को दमन गरेका थिए । संविधानको पुनर्लेखन समेत गरेर जनयुद्धप्रति सहानुभूती राख्ने नागरिकमाथि चर्को दमन गरेका थिए ।

ल्याटिन अमेरिकी राज्य पेरुमा गोञ्जालोको नेतृत्वका चलेको जनयुद्ध प्रत्यक्रमणको चरणमा पुगेको थियो । तर, गोञ्जालोको गिरफ्तारी र फुजिमोरोले जनयुद्धमाथि चर्को दमन गरेका कारण ठूलै धक्का खाएको छ ।

सन् २००० मा पदबाट राजीनामा गरेका फुजिमोरी भागेर जापान गए र त्यहीँको नागरिकताका लागि अपील गरे । त्यहाँ केही वर्ष बसेपछि सन् २००५ मा चिली गएको बेला उनलाई पक्राउ गरेर पेरुलाई सुपुर्दगी गरिएको थियो । सन् २००९ मा उनलाई आजीवन जेल सजाय तोकियो । तर २०१७ मा भने उनी केही समयका लागि रिहा भएका थिए ।

पेरुको जनयुद्ध दबाउने नाममा फुजिमोरीले मानवता विरोधी हरकत गरेका थिए । गोञ्जालोको निधन भएको दुई वर्षपछि फुजिमोरी रिहा भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal