आज :

टोपबहादुरका छोरा ३० लाख र रिजाललाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

  • अनलाइन डबली

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले शुक्रबार सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

त्यसैगरी भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाज रिजाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालतले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । प्रतिवादीद्वय लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटी तारेखमा छाडिएको थियो ।

थुनामा रहेका प्रतिवादीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal