आज :

युक्रेन युद्धमा मारिएका इलामका गंगाराजकी पत्नीको आग्रह- शव ल्याइउन पहल गरिदिनुस्

  • अनलाइन डबली

विराटनगर । रुस–युक्रेन युद्धमा ज्यान गुमाएका इलामका गंगाराज मोक्तानको शव घर ल्याइदिन परिवारले आग्रह गरेको छ ।

गंगाराजकी पत्नी याङकिला शेर्पाले पतिको शव घर ल्याउने पहल गरिदिने आग्रह गरेकी हुन् ।

गंगाराजको घरमा उनकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु र भाउजू छन् ।

इलाम नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल चौहानले गंगाराजको शव घर ल्याउनका लागि पहल थालिएको बताएका छन् ।

परिवारका अनुसार इलाम नगरपालिका–९ का गंगाराज दुई महिनाअघि रुसी सेनामा भर्ती भएका थिए ।

मोक्तानसहित उनको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मोक्तानसहित मृत्यु हुनेमा दोलखाका राजकुमार रोका, गोरखाका सन्दीप थपलिया र स्याङ्जाका प्रितम कार्की छन् ।

मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत् उनको ‘मेडिकल डेथ सर्टिफिकेट’ पाएको दूतावासले जनाएको छ ।

गंगाराज रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए । त्यहीँबाट उनी रुसी सेनामा भर्ना भएर गएको जनाइएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal