काठमाडौं । प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी त्यसतर्फ प्रस्थान गरेका छन् ।
आजबाट सुरु हुने कोप–२८ का लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ लागेका हुन् ।
आयोजक यूएईले अध्यक्षता गर्ने यो सम्मेलन तेह्र दिनसम्म चल्ने छ ।
कोप–२८ मा सहभागितासँगै अति कमविकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षताको प्रतिनिधित्व गरी जलवायु परिवर्तनले अति कमविकसित देशहरुमा पारेको असरलाई उल्लेख गर्दै जलवायुजन्य न्याय र क्षतिपूर्तिका लागि सशक्त रुपमा आवाज उठाउने तयारी गरेको छ ।
कोप–२८ मा नेपालमा जलवायु परिवर्तनबाट परेको असर र त्यसको प्रभावको दृष्टान्त सम्मेलनमा देखाउने तयारी नेपालले गरेको छ ।
प्रधानमन्त्री नेतृत्वको टोलीमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोसँगै सरकारी अधिकारीहरु छन् ।
कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दैछ ।
यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ ।