आज :

बसाइँ सराइको समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मन्त्री बस्नेत

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भइरहेको बसाइँ सराईको समस्यालाई व्यवस्थित गर्न तीनै तहका सरकारले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । यसो नगरे थप जटिल बन्दै जाने उनले बताएका छन् ।

मंगलबार जनसंख्या र आप्रवासन व्यवस्थापन सुदृढ गर्न काठमाडौंमा आयोजित राष्ट्रिय संवाद कार्यक्रममा उनले पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँ सराईलाई यथोचित रुपमा सम्बोधन गर्ने भनिए पनि समस्याको समाधान गर्न नसकिएको भन्दै उनले तीनै तहका सरकारले समस्या समाधान गर्न पहल गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘बसाइँ सराईमा देखिएका समस्या र चुनौतीलाई सामूहिक रुपमा समाधान नगर्ने हो भने समस्या थप जटिल हुने देखिन्छ । पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँ सराईलाई सम्बोधन गर्ने प्रयास गरिए पनि समस्याको प्रभावकारी समाधान गर्न सकिएको छैन । संघीय, प्रादेशिक र स्थानीय गरी तिनै तहका सरकारहरु सजग हुन आवश्यक छ ।’

‘बसाइँ सराई बहुसरोकारयुक्त मुद्दा हो । कुनै एउटा निकायको सक्रियताबाट मात्र यो समस्या समाधान गर्न सम्भव छैन । यसमा सबैको साथ र बुझाई आवश्यक छ’ उनले भने ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal