आज :

दुर्गा प्रसाईको ‘अभियान’ पनि फुट्यो, दुई जनामाथि कारवाही, ज्ञानेन्द्र शाहीलाई बोल्न दिएपछि थप विवाद

  • अनलाइन डबली

कठमाडौं । व्यवसायी दुर्गा प्रसाईको ‘महाअभियान’ विभाजनको डिलमा पुगेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपाल नाम दिइएको यो समूहमा पनि लफडा सुरु भएको छ ।

सुरुमा आन्दोलन परिचालन तथा व्यवस्थापनको लागि ९ सदस्यीय समिति बनाइएको थियो । त्यसमा पनि विवाद भएपछि प्रसाईले दुई जनालाई हटाएको अभियनका एक सदस्यले अनलाइन डबलीसँग भने ।

राजावादीहरुको सहानुभूति बटुल्न प्रसाईले मंसिर ७ गतेको कार्यक्रममा पूर्वराजा आउने जिल्लासम्म प्रचार गरेका थिए । तर, कार्यक्रममा सांसद ज्ञानेन्द्र शाही आएर भाषण गरे । बल्खुमा आयोजित कार्यक्रममा शाहीलाई बोल्द दिइएको विषयमा नै विवाद भएको थियो ।

देशभरबाट मानिसहरु बटुल्न दुःख गरेका अभियानका नेताहरुलाई बोल्न नदिएर शाहीलाई बोल्न दिएपछि विवादले चर्को रुप लिएको थियो । मंचमै केही समयको भनाभन समेत भएको एक सदस्यले बताए ।

प्रसाईले नमिलेका र चित्त नबुझेका कुरामा पछि छलफल गरौला भन्दै शाहीलाई बोल्न लगाएका थिए ।

राजावादी र लघुवित्त पीडित दुबैलाई प्रसाईले दुईटा झुट बोलेका थिए । राजावादीहरुलाई रातन्त्रको फर्काउन आन्दोलन चर्काउने भनेका थिए भने पीडितहरुसँग २० लाखसम्मको ऋण चुक्ता गराउने बोलेका छन् ।

लघुवित्त पीडितहरुले आफ्ना कुरा उठाएर राज ल्याउने भन्ने प्रसाईको कुराबाट सन्तुष्ट छैनन् भने राजावादीहरु पनि मास बटुल्न राजसंस्थाको नारा दिएको भन्दै विरोध गर्न थालेका छन् ।

दुर्गा प्रसाईको अभियानलाई साथ दिने बताएकाहरुको एक समूहले अलगै मंच निर्माण गरेको छ ।

पीडितका कुरा मात्रै गर्ने राजसंस्थाको कुरा नगर्ने भन्ने सहमति विपरित प्रसाई गएपछि उनीहरुले ‘नेपाल राष्ट्रवादी राजनीतिक मञ्च’ गठन गरेका छन् । मंचाको नेतृत्व टीएस तामाङले गरेका छन् ।

मंचले पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चका संयोजक तामाङले हजारौंको बलिदानबाट प्राप्त अहिलेको गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउन नहुने बताउँदै जनजीविकाको मुद्धाको आडमा दुर्गा प्रसाईले असान्दर्भिक राजतन्त्रको पुनःस्थापनाको आवज उठाएको बताए । उनले प्रसाईले उठाएका राजतन्त्रको मुद्धाबाहेक जनपक्षिय मुद्धामा आफूहरुको ऐक्यबद्धता रहेकोसमेत जानकारी दिएका छन् ।

दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र काठमाडौँका कार्यक्रममा सहभागी नभएर झापा हानिएपछि असन्तुष्ट बनेका छन् । त्यसको झोकमा प्रसाईले आफ्नो बोली समेत फेरेका छन् । उनले आफू राजावादी नभएर राष्ट्रवादी भएको समेत बताउन थालेका छन् ।

शनिबार काठमाडौँको सिफलमा आयोजित कार्यक्रममा सहभागीहरुको संख्या सोँचेभन्दा पनि थोरै भएको विश्लेषकहरुले बताएका छन् । उनको अभियान भित्रको अन्तुष्टीकै कारण सहभागीको संख्या दुई दिनमै निकै घटेको बताइन्छ ।

लघुवित्त पीडित र राजावादीहरु दुबैले दुर्गा प्रसाईलाई छोड्ने सम्भावना बढ्दै गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal