आज :

युद्धविराममा पनि इजरायलको हमला जारी, एकजना डाक्टरसहित ६ जना प्यालेस्टाइनीको हत्या

  • अनलाइन डबली

काठमाडौं । चार दिने युद्धविराममा पनि इजरायलले मानव बस्तीमा हमला जारी राखेको प्यालेस्टाइनले दाबी गरेको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा शनिबार ६ प्यालेस्टाइनीको हत्या गरेको जानकारी दिएको छ ।

प्यालेस्टिनको जेनिन नजिकै रहेको काबातियामा २५ वर्षीय डाक्टरको घरबाहिर हत्या गरिएको दाबी गरेको हो ।

यसैगरी रामल्लाह नजिकै अल–बिरेहमा अर्का प्यालेस्टिनीको मृत्यु भएको छ । जेनिनमा चार व्यक्तिको मृत्यु भएको थियो । इजरायली सेनाले सहरमा प्रवेश गर्ने ठूलो संख्यामा सशस्त्र सवारी साधनहरूमा लक्षित गरेर गोली प्रहार गरेको जनाइएको छ ।

इजरायली अधिकारीहरूका अनुसार, हमासले गत महिना अक्टोबर ७ मा इजरायलमा सीमापार हमला गरेपछि वेस्ट बैंकमा हिंसा बढेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal