आज :

संघीय शिक्षा ऐनले शिक्षक कर्मचारीका सबै माग सम्बोधन गर्नेछः वर्षमान पुन

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले शिक्षक कर्मचारीका सबै माग सम्बोधन हुनेगरी संघीय शिक्षा ऐन संसदबाट पारित हुने दाबी गरेका छन् । संघीय शिक्षा विधेयकमा शिक्षकका छुटेका माग समेटिने गरी पार्टीका तर्फबाट सांसदहरुले संशोधन होलेकोसमेत पुनले स्पष्ट पारे ।

एकीकृत अखिल नेपाल शिक्ष संगठन (युएण्टो)को कागमती प्रदेश समितिले आयोजना गरेको विशेष प्रशिक्षण एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले इसिडि शिक्षक, विद्यालय कर्मचारी, राहत, उमावि शिक्षकलगायत सबैको मागको संसदबाट पारित हुने संघीय शिक्षा ऐनले न्यायोचित सम्बोधन गर्ने स्पष्ट पारे । पार्टीले लामो समय शिक्षा मन्त्रालय सम्हाले पनि संसदीय अंकगणित र एकल सरकार नहुँदा शिक्षकका अपेक्षित माग र मुद्दाहरु सम्बोधन गर्न नसकिएको उनको भनाइ थियो ।

अब संसदबाट पारित हुने संघीय शिक्षा ऐनले लामो समयदेखि शिक्षा र शिक्षकमा रहेको सबै समस्याको समाधान गर्दै विद्यार्थीलाई संविधानले व्यवस्था गरेको शिक्षाको अधिकार प्रदान गर्ने उनको भनाइ थियो । अबको केही वर्ष निजी विद्यालयहरु रहेपनि विस्तारै व्यवस्थित गर्दै लगिने स्पष्ट पार्दै पुनले सार्वजनिक विद्यालय शिक्षा पूर्ण निशुल्क हुने दाबी गरे । अब सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्दै पूर्ण निशुल्क बनाइने र पैसा हुनेले मात्रै महँगो शुल्क तिरेर निजी लगानीका विद्यालयमा पढाउन पाउने व्यवस्था गरिने उनको भनाइ थियो ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)का अध्यक्ष शंकर अधिकारीले २०३६ सालमा जुन माग र मुद्दा उठाएर शिक्षक आन्दोलन शुरु भएको थियो आजका दिनसम्म पनि सोही माग र मुद्दामै शिक्षकहरु आन्दोलित हुनु परेको गुनासो गरे । शिक्षक महासंघको आन्दोलन र सरकारसँगको सम्झौता कार्यान्वयन हुनेमा आशावादी हुँदै अध्यक्ष अधिकारीले आफ्नो संगठनप्रति अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । माओवादी नेतृत्वकै अघिल्ला सरकारहरुले राहत शिक्षकको सुविधा बढाउने, उमावि शिक्षकको दरबन्दी सिर्जना गर्नेलगायतका काम गरेको स्मरण गराउँदै अधिकारीले अहिले पनि माओवादी सांसदहरुले शिक्षकका मागबारे संसदमा संशोधन प्रस्ताव दर्ता गराएका स्पष्ट पारे । अध्यक्ष अधिकारीले अहिले पनि युएण्टो शिक्षक विद्यालय कर्मचारीको माग पूरा गराउन आन्दोलनमै रहेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) बागमती प्रदेश समितिका अध्यक्ष शंकर अधिकारीले सबैखाले उत्पीडित शिक्षक कर्मचारीको अधिकार सुनिश्चितताका लागि संगठन सक्रिय रहेको स्पष्ट पार । सबैखाले शिक्षक कर्मचारीलाई स्थायी प्रक्रियामा लग्दै शिक्षा क्षेत्रको अस्थायी समस्या सधैँका लागि अन्त्य गर्नुपर्नेमा उनको जोड थियो । समाजवादी शिक्षाको व्यवस्था समेटिनेगरी संघीय शिक्षा ऐन जारी हुनुपर्नेमा संगठन स्पष्ट रहेकोसमेत अधिकारीले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता एवं संघीय सांसदद्वय माधव सापकोटा सुबोध र राजन दाहालले संघीय शिक्षा ऐनलाई शिक्षक कर्मचारीमैत्री बनाउन लागी पर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट प्रतिनिधित्व गर्ने नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष एवं जनजागृति मावि चौतारा साँगाचोकका प्रअ ध्रुवराज गिरी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका थिए । कार्यक्रममा बागमति प्रदेशका १३ जिल्लाका हजारबढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal