आज :

ज्ञानेन्द्र रिसाए रिसाउन, म राजावादी होइन राष्ट्रवादी हुँः दुर्गा प्रसाई

  • अनलाइन डबली

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले आफू राजावादी नभएको बताएका छन् । प्रसाईले आफू राजावादी नभएर राष्ट्रवादी भएको भिडियो सामाजिलमा भाइरल बनेको छ ।

भिडियोमा प्रसाईले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले केही नदिएको भन्दै चित्त दुखाए पनि दुखाउन भनेका छन् । तर भिडियो कहिलेको भन्ने कुरा प्रष्टै छैन । केही युट्युबरहरुले राजावादीहरुले समर्थन गरेको भन्दै यसो भन्दा ज्ञानेन्द्र रिसाउला भनेर साेधेको प्रश्नमा दुर्गाले आफूलाई ज्ञानेन्द्रले भात नदिएको भन्दै आफूलाई कुनै डर नभएको समेत बताएका छन् ।

प्रसाईले राजाको नाममा केही व्यक्तिहरुले रोटी सेक्ने गरेको बताउँदै आफू त्यो नगर्ने समेत बताए । उनले अहिलेको अवस्था बुझ्न ज्ञानेन्द्रलाई समेत सुझाव दिएका छन् ।

प्रसाईको आन्दोलनमा सबै अधिकांश राजसंस्थासँग आस्था राख्नेहरु नै आएका छन् । तर यो भनाईसँगै आन्दोलनमा उनिहरुले साथ नदिने आशंका गरिएको छ ।

शुक्रबार घरमै पुगेका केही युट्युबरसँग पनि प्रसाईले आफू व्यवस्था विरोधी नभएर आचरण विरोधी भएको प्रतिक्रिया दिएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र आज झापामा हुने कार्यक्रमकाे शुक्रबार नै त्यसतर्फ लागेका थिए ।

प्रसाईको बल्खुमा प्रदर्शनमा राप्रपाका नेता ज्ञानेन्द्र शाहीले बोलेकाे विषयमा दुर्गाको टीममा पनि विवादित उत्पन्न भएको थियो । आफ्नाे नेतालाई बोल्न नदिएको तर ज्ञानेन्द्रलाई महत्व दिएको भन्दै प्रसाईको टीममा विवाव उत्पन्न भएको हो ।

प्रसाईले आन्दोलन व्यवस्थापनको लागि ९ सदसस्यी टोली बनाएका थिए । त्यसमा दुई जनालाई कारवाही गरिसकेका छन् । अहिले ७ सदस्यीय आन्दोलन व्यवस्थापन समिति बनाएका छन् ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal