आज :

युक्रेन नै शान्ति वार्ताबाट भाग्योः पुटिन

  • अनलाइन डबली

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युक्रेनसँगको शान्तिवार्तालाई अस्वीकार नगरेको बताएका छन् ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुसले युक्रेनसँगको शान्ति वार्तालाई कहिल्यै अस्वीकार नगरेको बताउँदै उल्टै युक्रेन नै वार्ता प्रक्रियाबाट पछि हटेको आरोप लगाए ।

जी २० नेताहरूको शिखर सम्मेलनमा भर्चुअल सम्बोधनमा पुटिनले सैन्य कारबाही जनताका लागि दुःखद भएको बताएका थिए । उनले भने, ‘यो त्रासदीलाई कसरी रोक्ने भनेर विश्वले सोच्नुपर्छ ।’

केही नेताहरूले आफ्नो भाषणमा युक्रेनमा रुसको निरन्तर आक्रामकता भन्दै लगाउने गरेको आरोपबाट आफू स्तब्ध भएको पनि बताए ।

‘विश्वलाई सामूहिक र सर्वसम्मत निर्णयको आवश्यक छ । संसार कठिन चरणबाट गुज्रिरहेको छ । विश्वव्यापी आर्थिक वृद्धिका नयाँ केन्द्रहरू देखा परिरहेका छन्। विश्वव्यापी लगानी, व्यापार, उपभोग एसिया, अफ्रिका, ल्याटिन अमेरिकी क्षेत्रहरूतर्फ सर्दैछ। अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र, ऊर्जा र खाद्य सुरक्षामा समस्या बढ्दै गएको छ । रूसले यस क्षेत्रमा आफ्ना सबै दायित्वहरू पूरा गर्दछ ।’ पुटिनले भनेका छन् ।

पुटिनले दिगो विकास लक्ष्य (एसडीजीएस) को सन्तुलित उपलब्धि, पृथ्वीको जलवायु संरक्षण, जैविक विविधता र विश्व अर्थतन्त्रको डिजिटल रूपान्तरणमा रूसले योगदान दिन जारी राख्ने कुरामा जोड दिए । यस्तै पुटिनले रुस पनि जी २० भित्रका गम्भीर समस्या समाधान गर्न मिलेर काम गर्न तयार रहेको प्रतिवद्धता पनि जनाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal