आज :

प्रचण्डको अगाडि नागरिक अगुवाहरूको प्रतिवद्धता: गणतन्त्रको रक्षार्थ जस्तोसुकै मूल्य चुकाउन तयार छौँ

  • अनलाइन डबली

काठमाडौँ । राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् ।

नेपाल शंखधर दिवसको अबसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले आफूहरु गणतन्त्र रक्षाको लागि आवश्यक परे जस्तोसुकै मूल्य चुकाउन सडकमा निस्कने प्रतिवद्धता जाहेर गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डकै अगाडि उनीरुले सो प्रतिवद्धता जाहेर गरेका हुन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठले गणतन्त्रको विरोध गर्नेहरूलाई हिजोका दिन सम्झिन आग्रह गरे । “गणतन्त्रको विरोध गर्नेहरूलाई म प्रश्न गर्न चाहन्छु– के हिजोको राजतन्त्र ठीक थियो त रु हिजोको राजतन्त्रले गरेको निर्मम दमन र अत्याचार भुल्न सकिँदैन। यो व्यवस्थाको विरोध गर्नेहरूका विरूद्ध दृढतापूर्वक उभिन्छौं” श्रेष्ठले भने ।

त्यस्तै, काँग्रेसका अर्का नेता भीमसेनदास प्रधानले नेपालले उत्कृष्ट संविधान पाएको बताउँदै भने, “तपाईहरू सबैलाई थाहा छ– नेपाली जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्था हामीले नै ल्याएको छ। यही व्यवस्थाले विद्यादेवी भण्डारी, डा। रामवरण यादवहरूलाई राष्ट्रपति बनायो। राज्यका हरेक क्षेत्रमा महिलाहरूको राम्रो नेतृत्व छ। सामाजिक न्यायको अभ्यास भएको छ। यस्तो व्यवस्था संसारका कुन मुलुकमा छ रु हाम्रो संविधान संसारकै प्रगतिशीलमध्ये एक छ। त्यसैले यसको रक्षाका निम्ति हामीले जस्तासुकै मूल्य चुकाउन तयार छौं।”

कार्यक्रममा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था अरू हुन नसक्नेमा जोड दिँदै त्यसको रक्षार्थ दृढतापूर्वक अगाडि बढ्ने बताए ।

अर्का वक्ता जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बहुदलीय लोकतान्त्रिक व्यवस्थाले मात्रै सबै भाषा, जाति, संस्कृतिको रक्षा गर्नसक्ने बताए । उनले भने, “‘बहुदलीय लोकतान्त्रिक गणतन्त्रले नै सबैको विचार र भावनाको प्रतिनिधित्व गर्न सक्छ। हाम्रो प्रधानमन्त्रीले सबै दल र भावनाको नेतृत्व गरिरहनुभएको छ। यस्तो प्रतिकूल समयमा पनि नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लिनु सामान्य कुरा होइन।”

नागरिक अगुवा मल्ल के. सुन्दरले राजाको शासनकालमा नेपाल संवत् मनाउँदासमेत नेवार समुदायमाथि निर्मम दमन गरिएको स्मरण गरे । “विविधतायुक्त नेपालमा एकदलीय, एक वंशको शासन कसरी सही हुन सक्छ, यसलाई मान्न सकिँदैन। राजतन्त्र र पञ्चायतले कहिल्यै पनि जनताको पक्षमा काम गरेन। फेरि त्यही व्यवस्थाको वकालत गर्नेहरूलाई हामीले फेरि जवाफ दिनुपर्छ र दिन्छौं” मल्ल के ले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal