आज :

इजरायल र प्यालेस्टाइनबीच ५ दिने युद्धविराम, विपिन जोशी रिहा हाेलान् ?

  • अनलाइन डबली

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच ५ दिनको युद्ध विराम भएको बताइएको छ । अमेरिकाको पहलमा ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा दुवै देशले दर्जनौं बन्दीहरु रिहा गर्ने पनि भएका छन् ।

उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सैनिकलाई बन्धकहरूलाई फिर्ता गर्ने काममा प्रगती भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अक्टोबर ७ देखि इजरायल र प्यालेसटाइनबीच लगातार युद्ध भइरहेको छ । यो युद्धका क्रममा १० जना नेपाली पनि मारिएका छन् भने एक जना अझै बेपत्ता रहेका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै नागरिकको रिहाइका लागि बैठक गर्ने र अस्थायी सम्झौतामा बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका साथै पाँच दिनको युद्धविराम समावेश हुने उल्लेख गरेको छ ।

प्यालेस्टाइनको हमासले सुरुमा इजरायलमाथि आक्रम गरेको थियो । बदलामा इजरायलले जवाफी कारबाही सुरु गरेपछि १२ हजार ७ सय  भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।

तीमध्ये दुई तिहाइ महिला र बालबालिका छन् । करिब ४०० जना बेपत्ता छन् । हमासको आक्रमणमा करिब १२०० इजरायली मारिएका छन् र करिब २५० जनालाई बन्दी बनाइएको छ ।

इजरायलले गाजा क्षेत्रमा अन्धाधुन्द बमबारी गरेका कारण सो क्षेत्र पूरै ध्वस्त भएको छ । मानवीय संकट पैदा हुँदा समेत साहयता जान दिइएको छैन ।

अहिले पनि गाजामा इन्टरनेट र विजुलीको पहुँचबाट अलग बनाइएको छ । इजरायल-हमासबीचको जमिन युद्धमा के भइरहेको छ र त्यहाँका नागरिकको अवस्था कस्तो छ भन्ने जानकारी विश्वसामु आउन सकेको छैन ।

यो युद्धविरामको उपयोग गर्दै नेपाली विपिन जोशीको रिहाईको पहल थालिएको बताइएको छ । विपिन हमासकै नियन्त्रणमा रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal