आज :

कर्णाली प्रदेशका खेलाडीहरुले मासिक पाँच हजार भत्ता पाउने

  • अनलाइन डबली

सुर्खेत ।  कर्णाली प्रदेशका खेलाडीहरुले मासिक पाँच हजार भत्ता पाउने भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषदको सोमबार बसेको १५ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशमा छनौट भएका खेलाडीहरुलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले प्रदेशमा छनौट भएका खेलाडीहरुलाई मासिक भत्ताको व्यवस्था गरिएको बताए । उनका अनुसार बाग्मती प्रदेशले फागुनमा आयोजना गर्ने अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशबाट छनौट भएका खेलाडीहरुलाई नै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राख्ने र उनीहरुलाई मासिक पाँच हजार भत्ता दिइने निर्णय गरिएको छ ।

सदस्य सचिव संज्यालले आगामी २०८१ साल मंसीरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुइ अंकको पदक प्राप्त गर्ने गरि तयारी थालिएको समेत बताए ।

‘यो भन्दा अघिको खेलको नतिजाको आधारमा हामीले कर्णालीमा मेडल सम्भावित खेलहरुको बर्गीकरण गरिसकेका थियौ, आज बसेको बैठकले त्यसलाई झन मूर्तरुप दियो, बैठकका निर्णयबारे जानकारी दिदै सदस्य सचिव संज्यालले भने,’ ‘कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुइ अंकको पदक प्राप्त गर्ने लक्ष्य अनुसार तयारी थालेको छ ।’

वैठकले कर्णालीका हरेक पालिकामा एक क्रिकेट ट्रेनिङ्ग सेन्टरको स्थापना गर्ने दिर्घकालिन योजना समेत पास गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको कालुञ्चोक स्थित क्रिकेट मैदान र निर्माणाधिन प्रदेश रंगशालाको उत्तरपट्टिको भागमा क्रिकेट रंगशाला निर्माण थालेको परिषदले एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ्ग सेन्टरको स्थापना गर्ने गरि दिर्घकालिन योजना पास गरेको हो ।

परिषदका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले कर्णाली प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि कुनै कुराको अभाव हुन नदिने जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal