आज :

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता भूकम्पका कारण रोकिँदैन : मुख्यमन्त्री शर्मा

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता भुकम्पका कारण नरोकिने बताएका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल र सदस्य सचिव बिश्वामित्र संज्याललाई निवासमा बोलाएर निर्देशन दिदै मुख्यमन्त्री शर्माले आगामी २०८१ साल मंसीरमा तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शर्माले क्रिकेटका भौतिक संरचनाहरु निर्माण गर्न लाग्ने तत्कालिन र दिर्घकालिन योजनाहरु पेश गर्न पनि खेलकुद विकास परिषद्लाई निर्देशन दिएका छन् ।

‘कर्णालीमा एउटा पनि क्रिकेट रंगशाला नभएकाले क्रिकेट रंगशाला निर्माणमा तीव्रता दिनुपर्छ,’मुख्यमन्त्री शर्माले भने,‘त्यसका लागि आवश्यक बजेटको व्यवस्था प्रदेश सरकारले गर्छ,खेलकुद परिषदले क्रिकेटका भौतिक संरचना बनाउन के,कति बजेट आवश्यक पर्छ,त्यसको योजना पेश गर्नुपर्यो ।’

त्यस्तै मुख्यमन्त्री शर्माले खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन समेत निर्देशन दिएका छन् ।

‘खेलाडीहरुलाई खेलकै माध्यमबाट जीवन निर्वाह हुने वातावरण तयार गर्न आवश्यक छ, यसका लागि खेलाडीलाई कहाँ, के गर्न सकिन्छ खेलकुद विकास परिषदले स्पष्ट मार्गचित्र निर्माण गर्नुपर्यो, मुख्यमन्त्री शर्माले भने ।

मुख्यमन्त्री शर्माले दिएको निर्देशन अनुसार कर्णाली प्रदेश खेलकुद विकास परिषदको वोर्ड बैठकले क्रिकेटको तत्कालिन र दिर्घकालिन पूर्वाधार निर्माण गर्ने गरि योजना पेश गर्ने,दशौं राष्ट्रिय खेलकुदका लागि कर्णालीका खेलाडीलाई प्रोत्साहित हुने खालको प्याकेज ल्याउने योजना बनाउने लगायतका निर्णय गर्न लागिएको परिषद्का सदस्य सचिव संज्यालले जानकारी दिए ।

फोटो  : पहिलोप्रेस 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal