आज :

रुसको युक्रेनमा भाग-२ सैन्य कारवाहीः नेटोका हतियार निकम्मा साबित, अहिलेसम्म युक्रेनको यतिधेरै क्षति

  • दिपेन्द्र रावल

काठमाडौँ । रुसले युक्रेनमा भाग–२ कारवाही जारी राखेको छ । पहिलो चरणको कारवाहीमा पूर्वी युक्रेनका डोनबास, डोनेत्स्क, मेलिटोपोल, मारियोपोल, खेरसन, बाखमुत रुससँग गाभिएका थिए ।

नेटा तथा पश्चिमा देशहरुसँग युक्रेनमा एक्लै लडिरहेको रुसीले पहिलो चरणको सैन्य कारवाही सफल भएको बताउँदै भाग–२ सुरु गरेको हो । रुसका सांसद एन्डु गुरुल्योवले रुसले युक्रेन भाग–२ सुरु गरेको पुष्टि गरेका छन् ।

अहिले पनि युक्रेनमा भारी युद्ध जारी छ । अब्दिवकामा अहिले लडाइँ जारी छ । यहाँ ३० जहार नागरिक बस्थे, अहिले मात्रै १४ सय बाचेका छन् । धेरैजसो रुसतिर लागेको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार रुसी सेनाले समुद्र र एयर बेसबाट किभमा गरिएका हमला सफल भएका छन् । रुसले भाग–२ सुरु गरेसँगै नयाँ संकरणका हतियार पनि प्रयोगमा ल्याएको छ । अहिले रुसले झन् घातक हतियार युक्रेन पठाएको बताइएको छ ।
सैन्य कारवाहीको सुरुदेखि नै नेटोले दिएका हतियार रुसले निकम्मा बनाउँदै आएको थियो ।

रुसी सेनाले अहिलेसम्म सैन्य कारवाहीमा नेटो तथा अमेरिकाले दिएका हजारौं हतियार नष्ट गरेको छ । रुसको रक्षा मन्त्रालयका अनुसार रुसले युक्रेनका १३ हजार ६ बढी ट्यांक, ५१७ एयरक्राप्ट, २५३ हेलिकोप्टर, ८ हजार ३९२ ड्रोन, ४४१ एन्टी ट्यांक एयरक्राप्ट मिसाइल सिस्टम ध्वस्त पारिदिएको छ ।

त्यसैगरी १ हजार १७० मल्टिपल रकेट लन्चर, ६ हजार ९०२ फिल्ड गोला बारुद गोदाम, १४ हजार ७६० सैन्य वाहन ध्वस्त पारिदिएको समाचार संस्था तासले जनाएको छ ।

यी सबै हतियार नेटा तथा पश्चिमा देशहरुले दिएका हुन् । अहिले युक्रेनमा युक्रेन भाग–२ लाई रुसी सेनाले झन् तेज पार्ने सक्ने संकेत देखा परेका छन् ।

रुसले अत्याधुनिक हतियारले लैस बख्तरबन्द रेल पहिलो पटक सार्वजनिक गरेको छ । यसको लम्बाई १३१ मिटर छ । यो रेल सबै प्रकारका विमानभेदी ट्यांक मेसिनगनले लैस छ । ८२ मिमी मोर्टार, स्वाचालित ३० मिमी, २ ए ३२ तोप समेत जडान गरिएको छ । अझ ठूलो कुरा त, यो रेल मानवरहित हवाई वाहानले पनि लैस गरिएको छ ।

यो जंगी रेल बीएमपी–२ पैदल सेनासँग लड्न तयारी अवस्थामा राखिएको छ । २०१६ मा पहिलो पटक रुसले सार्वजनिक गरेको थियो । तर, युक्रेनमा तैनाथ गर्ने चेतावनी पहिलो पटक दिएको हो ।

यसैबीच रुसले हाइपरसोनिक एटम मिसाइल पनि प्रदर्शन गरेको छ । यो मिसाइलले ३० मिनेटमा विश्वको जुनसुकै कुनामा पनि मार हान्न सक्छ । यसलाई रोक्न दुनियामा कसैसँग एन्टी सिस्टम नभएको रुसको दाबी छ ।

रुससँग एवनगार्ड एटमी मिसाइल पनि रहेको छ । जो ध्वानीभन्दा २७ गुणा बढी उड्छ । ३२ हजार किलोमिटर प्रतिघण्टा यसको गति रहेको छ । यसले ६ हजार किलोमिटरमा मार हान्छ ।

यसैबीच रुसले नेटो तथा अमेरिकाले दिने हतियारको निगरानी गर्न नयाँ सेटलाइट समेत अन्तरिक्षमा पठाएको छ ।

रुसको भाग–२ को तयारी देखेपछि नेटोले युक्रेनलाई गुमेको भूमीको माया मार्न दवाव बढाउन थालेको छ । यसअघि नेटोका महासचिवको कार्यालयका निर्देशक स्टियान जेन्सेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसले कब्जा गरेको जमिन छोड्न सुझाव दिएका थिए ।

उनले उक्त जमिन रुसलाई दिएर युक्रेन नेटोको सदस्य बन्न सक्ने बताएका थिए । तर, उनको सुझाव जेलेन्स्कीले नमान्ने बताएका थिए ।
जेलेन्स्कीका सल्लाहकार मायखाइलो पोडिलियाकले नेटोको सुझावलाई अस्वीकार गरिसकेका थिए । नेटोले दिएको ३० लाख करोड बढी हतियार नकाम भएपछि नेटोले फेरि पूर्वी युक्रेनका भूभाग रुसलाई छोड्न दवाव बढाउन थालेको बताइएको छ ।

जनमतसंग्रहबाट रुसमा गाभिएका भूभाग युक्रेनले छोडेपछि आफ्नो सैन्य कारवाही रोक्ने वा पूरै युक्रेन खाली गर्ने भन्नेबारे अहिलेसम्म रुसले केही बताएको छैन । तर, आफ्नो सैन्य कारवाही पूरा नभएसम्म हमला जारी राख्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal