काठमाडौं । भारतमा जम्मु– कश्मिरमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४० पुगेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । तर, स्थानीय प्रशासनले भने अहिलेसम्म ३९ जना यात्रुको मृत्यु भएको बताएको छ ।
स्थानीय अधिकारीका अनुसार जम्मु–कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।
बस सडकबाट करिब ३०० फिट तल खसेको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् । उक्त रकम प्रधानमन्त्री राहत कोषबाट प्रदान गरिने बताइएको छ ।