आज :

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडनबीच वान टू वान वार्ताः न्यूक्लियर कमाण्डबाट टाढा रहने सहमति

  • अनलाइन डबली

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङ ले बुधवार राती अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता गरेका छन् । यो भेट सानफ्रान्सिस्कोमा जारी एशिया–प्यासिफिक इकोनोमिक को–अपरेशन (एपेक) समिटको सन्दर्भमा भएको हो । यो अवसरमा दुइ देशका वीच फेरि मिलिट्री कम्युनिकेशन शुरू गर्ने बिषयमा सहमति भएको छ ।

चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाका अनुसार अमेरिका र चीनको द्विपक्षीय बैठकका अवसरमा सीले भने, “अमेरिका ताइवानलाई हतियार दिन छोडोस् । उसले एक चीन नीतिको समर्थन गर्नुपर्छ जसलाई पन्छाउन सम्भव छैन ।”

सीले चीन अमेरिकालाई पछि पार्न वा उसको स्थान लिन चाहँदैन तर अमेरिका पनि चीनलाई तनाव दिन बन्द गरोस् भन्ने आफ्नो देशका धारणा रहेको बताए । चिनियाँ विदेश मन्त्रालयका अनुसार, सीले भने, “चीनको एक्सपोर्टमा नियन्त्रण, लगानीको परीक्षण र एकतर्फि प्रतिवन्धले चीनको स्वार्थमा हानी पुर्याईरहेको छ । चीनको विज्ञान र प्रविधिलाई दवाएर उसको बिकास यात्रामा अवरोध पुर्याउने काम भईरहेको छ ।”

न्यूयोर्क टाइम्सले चिनियाँ राष्ट्रपति सीको भनाईलाई महत्वको साथ समाचार प्रकाशित गरेको छ । “धर्तीमा धेरै विशाल छ कि यहाँ दुइवटा सुपरपावर मात्र रहन सक्छन् । हाम्रो देश विल्कुल फरक छ तर हामी अझ माथि उठ्न सक्छौं । चीन र अमेरिका जस्ता दुइ ठूला देशका लागि एक अर्काको अहित चाहनु कुनैपनि कुराको विकल्प हुनसक्दैन । दुइ देशवीचको संघर्ष र टकरावको परिणाम खतरनाक हुन सक्ने छ” सीले भने ।

द्विपक्षीय बैठक भन्दाअघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र चिनियाँ विदेश मन्त्री वांग यी पनि सहभागी थिए ।
भेटवार्तामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कम्युनिस्ट देशहरु नै तानाशाही सञ्चालन गर्दछन् भन्दै सी चिनफिङलाई तानाशाह भएको बताए । उनले चीनको सरकार हाम्रो सरकार भन्दा बिल्कुल अलग भएको बताए ।

तर, पत्रकार सम्मेलनमा बाइडेनले भनेका सीसँग धेरै राम्रो कुरा भएको बताए । “चिनियाँ राष्ट्रपति सी चिनफिङसँग मेरो धेरै राम्रो कुराकानी भयो । परस्पर चाँसोका बिषयमा गम्भीर र सकारात्मक छलफल भए । मैले ताइवान मुददका बारेमा आफ्नो धारणा स्पष्ट भनिदिएँ । हामी एक चीन नीतिको समर्थन गर्छौं र कहिल्यै फेरबदल गर्ने छैनौं” बाइडनले भने ।

यसअघि बाइडेनले सीसँग कुराकानी गर्दा भनेका थिए, “म हामीबीचको बातचीतलाई महत्व दिन्छु, किनभने मलाई लाग्छ कि हामी एकअर्कालाई प्रष्टसँग बुझौं । यहाँ एक नेता अर्को नेतासँग कुराकानी गरिरहेको छ । हाम्राबीच कुनै अन्यौल र भ्रम नरहोस् । हामीबीचको प्रतिस्पर्धा संघर्षमा नबदलियोस् ।”

न्यूक्लियर कमाण्डबाट टाढा रहने सहमति

बाइडेन र सीबीच वन–टु–वन बैठकपछि बाइडेनले भने, “चीन फेन्टानिल ड्रगको कम्पोनेन्ट्समाथि नियन्त्रण गर्नेछ, जसले अमेरिकाको ड्रग समस्यामा लगाम लगाउन सक्ने छ । यसको सट्टा दुवै देश एआईको न्यूक्लियर कमान्डबाट टाढा राख्ने कुरामा सहमत भएका छौं ।”

दुई देशका राष्ट्राध्यक्षहरुवीच करीब २ घण्टा कुराकानी भएको थियो । यी दुइ नेता पछिल्लो पटक गतवर्ष २०२२ को नोभेम्वरमा भेटेका थिए ।

बाइडेन र सीबीच व्यक्तिगत र पारिवारीक प्रसंगमा पनि कुराकानी भएको थियो । वाईडेनले सीकी पत्नीलाई उनको जन्मदिनका लागि वधाई र शुभकामना पनि दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal