आज :

शर्मा नेतृत्वको एनआरएनए टोली भूकम्प प्रभावितबाट फर्कियो, पुनर्स्थापनाको लागि सहयोग गर्ने

  • अनलाइन डबली

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनाअरएनए)  का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) समूहको टोलीले भूकम्प प्रभावित स्थानीयलाई राहत वितरण गरेर फर्किएको छ । 

भूकम्प पीडितसँग तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगका विषयमा छलफल गरेर काठमाडौं फर्किएको छ ।जाजरकोट र रुकुम पश्चिमका स्थानीय प्रशासन, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,नागरिक अगुवा, महिला एवम् बाल अधिकारकर्मी, पत्रकार महासङ्घको स्थानीय प्रतिनिधिसँग राहत तथा वितरण र उद्दारको विषयमा छलफल गरेको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिएका छन् । 

राहत तथा उद्दारको लागि कार्तिक २० गते शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको थियो । कार्यसमितिका पदाधिकारी एवम् अभियन्ताहरुले व्यक्तिगत रुपमा राहतको सहयोग गरेका थिए ।

टोलीले भूकम्पबाट घाइते भएर भेरी अस्पतालमा उपचाररत रहेको व्यक्तिहरुलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै केही आर्थिक सहायता प्रदान गरेको थियो ।

त्यस्तै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएको जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, सानोभेरी गाउँपालिकामा राहत सामाग्री वितरण गरिएको छ ।

महासचिव सुवेदीका अनुसार सो समूहले भूकम्प प्रभावितलाई २ हजार थान कम्बल,५ सय थान त्रिपाल,४ हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरिएको छ । 

भूकम्पबाट अति प्रभावित बारेकोट गाउँपालिकाको रामिडाँडामा टोलीले उपलब्ध गराएको राहत सामग्री राष्ट्रपति रामचन्द्र पौडेलबाट वितरण भएको थियो ।

त्यस्तै टोलीले कर्णाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहलाई राहत सामग्री हस्तान्तरण गरेको थियो । त्यसैगरी नलगाड नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवीर बिक र वडा अध्यक्षहरू बद्री पन्त र मोहन खत्रीसहित सञ्चारकर्मीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा अध्यक्ष शर्माले पहिलो चरणको राहत अन्तर्गत एनआरएनएले संस्थागत रुपमा सहयोग उपलब्ध गराएको जानकारी दिँदै अब मध्यकालीन र दीर्घकालीन रूपमा पुनर्स्थापनाको लागि सहयोग गर्न तयार रहेको जानकारी दिए । 

शर्माको नेतृत्वको टोली रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको छेप्का र जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यहरूलाई भेटेर मृतकका परिवारलाई समवेदना दिँदै परिवारलाई केही आर्थिक सहयोग तथा मृतकलाई श्रद्धाञ्जली प्रकट गरिएको थियो ।

भूकम्पबाट घरबास गुमाएका प्रभावितलाई शर्माले अब भूकम्प प्रतिरोधी क्षमताको घर बनाउनुपर्ने र त्यसको लागि आफूहरु प्राविधिकसहित अन्य सहयोग गर्न तयार रहेको जानकारी दिए ।

महासचिव सुवेदीले विश्वमा नेपालीले सिकेको ज्ञानलाई भूकम्प पछिको पुनर्निर्माण प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्वराज्यमन्त्री गोपालजीजंग शाह लगायत स्थानीय जनप्रतिनिधि एवम राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।
शर्माको नेतृत्वमा निवर्तमान अध्यक्ष रवीना थापा, उपाध्यक्ष गंगाधर गौतम, उपाध्यक्ष राज रेग्मी, महासचिव सुवेदी, सचिव लोक दाहाल, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप महिला संयोजक गीता खनाल थापा, पूर्वउपाध्यक्ष नरेन्द्र भाट, अभियन्ता शनि ओली, ओम शर्मालगायत सहभागि थिए ।

शर्माले आउँदो दुइवर्षभित्र रु दस करोडको आपतकालीन राहत तथा उद्दार कोष बनाउने घोषणा गरिसकेका छन् भने व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन ।

त्यस्तै, सुवेदीले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपानेले ५ लाख , युवा उपाध्यक्ष अब्दुल बाशिद ५ लाख तथा सचिव लोक दाहालले ५ लाख रुपैयाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ले ३ लाख, सचिव कृष्णजीवि पन्तले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन ।

त्यस्तै उपाध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal